News Category 2070/03/12
समितिका कारण योजना प्रभावकारी हुन नसकेको गुनासो
दैनिक संवाददाता
राजविराज, ११ असार ।
उपभोक्ता समितिका कारण स्थानिय निकायमा कुनै पनि विकासीय योजना प्रभावकारी ढँगले संचालन हुन नसकेको कोचाबखारी गाविसमा मंगलबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
कोचावखारी गाविस ६ मा स्थानिय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमन कार्यक्रममा बोल्दै बक्ताहरुले स्थानिय उपभोक्ता समिति गठनको विवादलाई लिएर गाविसको सम्पूर्ण विकासीय योजना अलपत्र अवस्थामा रहेको बताए । विकासीय कामका लागी गठन हुने उपभोक्ता समिति सचिव र केही पहँुच भएका व्यक्तिहरुको मिलोमतोमा सदरमुकाम राजविराजमै गठन भई विकासिय योजनाको रकम बाँडफाँड गर्ने गरेको आरोप उनीहरुको छ ।
कोचावखारी वडा नम्बर १ देखी ६ सम्मका स्थानियवासी, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजको सहभागीता रहेको कार्यक्रका बक्ताहरुले उपभोक्ता समितिको गठन र विकासिय योजना छनोट गर्दा आफूहरुलाई थाहा पनि नदिने गरेको गुनासो गरे ।
स्थानिय शासन तथा उत्तरदायी संयन्त्र (एलजिएफ) को सहयोगमा महिला वातावरण तथा ग्रामीण विकास सस्ंथा राजविराजले आयोजना गरेको ‘भलुवाही वाँध’ विषयक सार्वजनिक संवाद कार्यक्रमा महिला शिर्षकको वजेट पनि सडक लगायतका पुर्वाधार विकासमा खर्चिने गरेको आरोप महिलाहरुले लगाए ।
कृषिको लागि कोचावखरी ६ स्थित बाँधिएको बाँधले यस गाविसलाई कुनै फाईदा नभएको गुनासो गर्दै स्थानियहरुले गाँउ विकास समितिको चार लाख २० हजार रकम खर्चेर वनाईएको बाँध वाट कुनै फाईदा नभएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
- 2081/03/13 सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
- 2081/03/12 खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ