News Category 2070/03/12
समितिका कारण योजना प्रभावकारी हुन नसकेको गुनासो
दैनिक संवाददाता
राजविराज, ११ असार ।
उपभोक्ता समितिका कारण स्थानिय निकायमा कुनै पनि विकासीय योजना प्रभावकारी ढँगले संचालन हुन नसकेको कोचाबखारी गाविसमा मंगलबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
कोचावखारी गाविस ६ मा स्थानिय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमन कार्यक्रममा बोल्दै बक्ताहरुले स्थानिय उपभोक्ता समिति गठनको विवादलाई लिएर गाविसको सम्पूर्ण विकासीय योजना अलपत्र अवस्थामा रहेको बताए । विकासीय कामका लागी गठन हुने उपभोक्ता समिति सचिव र केही पहँुच भएका व्यक्तिहरुको मिलोमतोमा सदरमुकाम राजविराजमै गठन भई विकासिय योजनाको रकम बाँडफाँड गर्ने गरेको आरोप उनीहरुको छ ।
कोचावखारी वडा नम्बर १ देखी ६ सम्मका स्थानियवासी, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजको सहभागीता रहेको कार्यक्रका बक्ताहरुले उपभोक्ता समितिको गठन र विकासिय योजना छनोट गर्दा आफूहरुलाई थाहा पनि नदिने गरेको गुनासो गरे ।
स्थानिय शासन तथा उत्तरदायी संयन्त्र (एलजिएफ) को सहयोगमा महिला वातावरण तथा ग्रामीण विकास सस्ंथा राजविराजले आयोजना गरेको ‘भलुवाही वाँध’ विषयक सार्वजनिक संवाद कार्यक्रमा महिला शिर्षकको वजेट पनि सडक लगायतका पुर्वाधार विकासमा खर्चिने गरेको आरोप महिलाहरुले लगाए ।
कृषिको लागि कोचावखरी ६ स्थित बाँधिएको बाँधले यस गाविसलाई कुनै फाईदा नभएको गुनासो गर्दै स्थानियहरुले गाँउ विकास समितिको चार लाख २० हजार रकम खर्चेर वनाईएको बाँध वाट कुनै फाईदा नभएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ