News Category 2070/03/13
पति पत्नीबीच भएको विवादपछि कुटपिट हुँदा पाँच घाइते
दैनिक संवाददाता
राजविराज, १२ असार ।
सप्तरी सदरमुकाम राजविराजमा पति पत्नीबीच भएको विवादले उग्र रुप लिंदा भएको कुटपिटमा पाँच जना घाइते भएका छन् ।
पतिले पत्नीलाई कुट्न थालेपछि स्थानीय गाउँलेहरुबीच विवाद भएको हो । विवाद कुटपिटमा परिणत हुँदा राजविराज २ पडरियाका ५ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार स्थानीय पवन झाले आफ्नी पत्नीलाई कुटपिट गर्न थालेको अवस्थामा बचाउन जुटेका गाउँलेहरुबीच गएराति विवाद भएको थियो ।
कुटपिटमा परी ३८ बर्षीय नागेन्द्र झा, ३५ बर्षीय पुरन झा, २५ बर्षीय दिवाकर झा, ५२ बर्षीय ललितनारायण झा र २५ बर्षीय इस्लाम छन् । घाइते सबैको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
बारम्बार आफ्नी पत्नीलाई कुटपिट गर्दै आएका पवन झाले राति ८ बजेतिर पत्नीलाई कुट्न थालेपछि गाउँलेहरु जम्मा भएका थिए । शुरुमा विवाद साम्य भएपनि पछि फेरी केहि युवकहरु त्यहाँ पुगेर हो हल्ला गरेपछि कुटपिटकै स्थिति उत्पन्न भएको प्रहरीले जनाएको छ । पत्नी कुट्ने पवनलाई प्रहरीले राति नै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ