News Category 2077/11/26
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीको तिरहुत गाँउपालिका र कंचनरुप नगरपालिकाका गरिब, दलित, विपन्न र पिछडिएका अशिक्षित समुदाय अहिले जागरुक बन्दै गएका छन् ।
कोरोना अर्थात कोभिड–१९ को असर विश्वब्यापीरुप देखि स्थानीय स्तरसम्म आउँदा यसबाट कसरी बच्ने र आफन्त छिमेकीलाई पनि कसरी बचाउने भन्ने सामान्य ज्ञान पनि नभएर त्रासमा बस्न बाध्य स्थानीयवासिन्दा अहिले कोरोना जोखिमबाट बच्ने सवै उपाय सिकेका मात्र छैनन् । व्यवहारमा लागु गर्दै आफन्त, छिमेकीदेखि वस्तीलाई नै सचेत गराउन सक्षम भएका छन् ।
कोभिड–१९को जोखिमलाई ध्यानमा राख्दै कोशी पीडित समाज र अक्सफाम नेपालको संयुक्त साझेदारीमा विगत १० महिनादेखी ती स्थानीय तहको वडा वडामा स्वच्छताका लागी ब्यवहार परिवर्तन परियोजना घनिभुत रुपमा संचालनमा ल्याइएपछि सो क्षेत्रका बासिन्दा सक्षम भएका हुन् ।
तालिमको माध्यमले सीप र सचेतना मात्र होईन, लक्षित समुदायलाई कोरोनाबाट लड्न विभिन्न सुरक्षा सामाग्री समेत उपलब्ध गराइएपछि यसको सदुपयोग गर्दै स्थानीय हजारौं वासिन्दा लाभान्वित भएका छन् ।
कोरोनाको त्रासमा बाचेकाहरुको टुट्दै गएको मनोबल र मनोविज्ञान बुझ्दै संस्थाले वस्ती वस्तीमा पुगेर मनोविज्ञ मार्पmत मनोसामाजिक परार्मश तथा वास्तविक जीवनको सिकाई लगायतका कक्षा पनि संचालन गर्दा कार्यक्रम झन उपयोगी बनेको स्थानियवासी सुनितादेवी साहको भनाई छ ।
उक्त कक्षा संचालनमा आएपछी कोरोनाको त्रासका कारण मानसिक पीडामा रहेका स्थानीयको पीडा कम हुँदै गई जनजिवन सामान्यतर्फ उन्मुख भएको मनोसमाजिक परामर्शदाता एवं सहजकर्ता सुमन गुप्ताको भनाइ छ ।
युकेऐड र युनिलिभरको सहयोगमा उक्त परियोजना हाल सप्तरीको तिरहुत गाउँपालिकाको वडा १, २, ३, ४ र ५ का १ हजार परिवार तथा कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ७, ९ र १० का १ हजार ५ सय परिवार प्रत्यक्ष लाभाविन्त भएको वडा अध्यक्ष मेहदी हुसैन बताउछन् ।
संस्थाले परियोजना अन्र्तगत आमाका चमत्कारी हातहरु, वास्तविक जीवनको सिकाइ, समुदायमा पुरुष संलग्नता, हात धुने अभ्यास, हेल्पडेस्कको स्थापना, चित्रकला प्रर्दशनी र प्रतियोगिता, लैगिंक सचेतना, सडक नाटक लगायतका सचेतनामुलक कार्यक्रमका साथै रेडियो, टिभी, पत्रपत्रिका र पर्चा पम्प्लेट मार्फत समेत ब्यवहारमा परिवर्तनको वातावरण सहज बनाउने काम गरिरहेको छ ।
सबैको सकारात्मक सहयोग र उत्साहजनक सहभागिताले लक्षित समुदायमा प्रभावकारी ढंगले काम गर्न सफलता मिलेको परियोजना आयोजक संस्थाका कार्यकारी निर्देशक देव नारायण यादवको भनाई छ ।
उक्त कार्यक्रमले कोरोना सिर्जीत विपद्को समयमा त्रासबाट मुक्ती, आनीवानीमा सुधार एवं ब्यवहार परिवर्तनमा पनि उल्लेख्नीय योगदान गरेको छ । मुख्यत आमा, महिलाहरुमा सिक्ने र जान्ने अवसरका साथै लैगिक सचेतना र घरायसी कामकाजमा पुरुषको सहभागिता र कामकाज वाँडफाडको चेतनाको विकास समेत गराएको देखिएको भन्दै स्थानिय बुद्धिजिविले यस्ता कार्यक्रमलाई अन्य स्थानिय तहहरुमा बिस्तार गर्नुपर्ने जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ