News Category 2078/03/23

संघियताको बाढीमा डुब्यो मधेसवाद

दैनिक समाचारदाता

संघियताको बाढीमा डुब्यो मधेसवाद

ई.कौशल गोपालवंशी
    वि.स. २०७२ साल असोज ३ गते मुलुकले नयाँ संविधान “संघिय गणतान्त्रिक लोकतान्त्रिक संविधान “पयो । यो संविधानको मुल व्यवस्था भनेको नै संघीय प्रणाली हो । संविधान जारी हुने लग्तै देश संघियता मै भयो । देशमा चारैतिर संघियताको बाढी आयो । सिंहदरबार देखि लिएर वडा कार्यलयसम्म संघियताको बाढी आयो ।
    यसरी आएको संघियताको बाढीले देशको हरेक निकायलाई तीन टुक्रामा बाड्न थाल्यो । संघियताले सरकारी तथा गैरसरकारी निकायलाई मात्र होईन यसले समान पहिचान भएको समुदायहरुलाई पनि ७ टुक्रामा विभाजन गरियो । जसको असर अहिले आएर देखा पर्न थालेको छ । संघियता आएपछि धेरैको अस्तित्वनै हराएको छ । सबैको पहिचानलाई जोगाउनको लागी पहिचान सहितको संघियता ल्याएको नेताहरुको दाबीलाई थियो तर व्यबहारमा ठिक बिपरित देखियो । संघियता आएपछि सबैलाई अपनत्व बोध हुने भनेकोमा आफ्नैबाट पराईतत्वको अनुभुती हुनथालेको छ । संघियता र पहिचानको कुरालाई लिएर मधेस सधै अगाडि आउछ तर संघयताले सबभन्दा बढी मधेसलाई नै क्षति गरेको देखियो । हुन त नेपालमा संघिय शासन प्रणाली हुनुपर्छ भन्ने बिषयमा पहिला देखि नै मधेस÷मधेसीको जोड थियो र रहेको पनि छ । पहिचान सहितको समानुपातिक समावेशी संघिय शासन प्रणालीको लागि मधेसीले दिएको बलिदान कसलाई थाहा छैन र।जसले जति बलिदानी दियो त्यसले त्यती अवसर पाउनुको साटो सबभन्दा बढी घाटा मधेसलाई नै पुग्यो । मधेसले संघीयताबाट नेपालमा छुट्टाछुट्टै  पहिचान भएको अन्य समुदाय पनि छन भन्ने कुराको स्थापित गर्न पनि खोजेको थियो तर अहिलेको बर्तमान राजनीति अभ्यास देखिँदा यो होला जस्तो नलाग्नुको प्रयाप्त उदाहरणहरु छन । प्रदेशहरुको नामाकरण नै संघीयताको मुल्य मान्यता विपरीत राखेको देखिन्छ । बागमती नदिको लोपहुदै गरेकोले बागमती नाम राखी जनताबाट कहिले नहराउने सिद्धान्तको आधारमा त संघीयता लागू गरेको त होइन हो नि । त्यसै गरि लुम्बिनीलाई संसारमा चिनाउनको कै लागि संघीयता आएको त होईन नि । यदि होईन प्रदेशको नाम लुम्बिनीले संघीयताको सिद्धान्त अनुसार मेल खायो त । त्यसै गरि कर्णाली नदिको नाम लोपहुन बाट बचाउनको लागि संघीयता आएको त होईन नि । यदि होईन भने प्रदेशको नाम कर्णाली किन ? यी नामहरुमा बाट त पहिला अञ्चलको नाम त छदैथियो अनि किन संघीयता लागू गर्नु पर्यो त। संघीयतामा पहिचानको संरक्षण भन्दा पनि पुरानै मोडेलको नक्कल गरेको देखिन्छ । यसरी संघीयताको बाढीमा पहिचान समेत डुब्दै गरेको देखिन्छ । जब कि पहिचान पनि मधेसबादको प्रमुख बिषय मध्येको एउटा प्रमुख बिषय हो । यसरी पहिचान डुब्दा मधेसवाद पनि डुब्दै गरेको देखिन्छ ।
    संघियताको बाढीले मधेसको २० ओटा जिल्लालाई नै तहसनहस पार्यो। पहिला त यो बाढीले २० जिल्लालाई ६ टुक्रामा तोडियो अनि त्यसपछि यो बाढीको प्रभाव सबै ठाउमा सामान हुनको लागी ५ ओटा सिमाना लगाईयो । यो सिमानाले एक अर्का प्रदेशलाई छुटाईएको छ । यसरी सिमाना लगाउदा एक भुभागबाट अर्कोमा बगेर पनि जान नसक्ने भयो। अब संघियता नामको बाढीलाई ६ ओटा प्रदेश सिमाना नामगरेको बाध (म्बm) बनाएर रोकियो । जसले गर्दा प्रदेशहरुमा संघियताको बाढी आयो। यसरी काठमाडौको सिंहदरबारबाट आएको संघियताको बाढीले प्रदेशको प्रमुख, मुख्यमन्त्री, मन्त्री, सांसद, नगर प्रमुख, वडा अध्यक्ष जस्ता राजनीतिको खुर्सीहरु बगाएर ल्याए । यसरी ल्याएको खुर्सी हेरेर मधेसमा लागी मरि मेट्ने नेता÷कार्यकर्ताहरु यी खुर्सीको लागी विलीन भए । जसरी पनि खुर्सी चाहिन्छ भन्ने मनोरोगको सिकार भए । यी खुर्सीको नासामा यिनहरुलाई दुई प्रदेशको सिमाना भित्र बाध बनाएर राखेको थाहा भएन । एउटा प्रदेशमा आफ्नो पहिचान लिएर नै यी खुर्सी  समात्न सफल भएर भने कुनै प्रदेशमा यिनीहरू खुर्सी पाउनको लागि आफ्नो पहिचान र परम्परालाई बिर्सेको देखिन्छ । अखिर यो स्वभाविक नै हो । राजनीति त शक्ति कै लागि गरिन्छ यसमा कुनै दुबिधा होईन । राजनीति त सतामा जानकै लागि गरिन्छ।जुनसुकै पार्टी होस सवैको एउटै चाहना हुन्छ कि उसके दुई तिहाई सहितको बहुमतको सरकार बनोस । तर मुलधारको राजनीतिक मुद्दालाई बिर्सेर क्षणिक भरको खुर्सीको लागी आफ्नोपन बिर्सनु त भएन्न नि । यसरी क्षणिक भरको खुर्सीको लोभमा परि आफु दुई बाधको बिचमा बन्धक भई बिस्तारै बिस्तारै डुब्दैगरेको थाहा पनि पाइन्न । यहाँ मात्र डुब्ने कुरा होइन, यहाँ त आफ्ना दाजुभाईसंग पनि सम्बन्धबिच्छेद गराईएको थाहा पाइन्न । खुर्सीको नासामा यती डुबेकि जनकपुर र भैरहवाको दाजुभाइ प्रदेशी भएको पनि थाहा भएन । यसरी अवसरवादीले संघियताको बाढीमा भरपुर व्यक्तिगत फाईदा लिनु बाहेक कुनै काम गरेको देखिन्न ।
    संघियताको बाढीमा यति मधेसको मुद्दा बोक्नेहरु यति सम्म डुबेको देखे कि जसले मधेस÷मधेसी माथि विभेद गर्यो उसैको रथको पाङ्गग्रा बनेर उसलाई रथको राजगद्दीमा बसाएर पुरै मधेसको भ्रमण गराउन लाग्नु भो। सदियो देखी राज्यसताको अपनत्वको गर्न नपाएको मधेसी जनता कहिले आतिएको देखिन्न तर २÷३ बर्ष सतामा बस्न नपाएपछि हाम्रा नेतृत्व वर्ग आतिएको देखिन्छ । संघियताको बाढीमा मधेस÷मधेसीको समस्याको उत्थान र समाधानको जिम्मा मधेसवादी दलको मात्र हो भन्ने पनि धेरै भेटिन्छ, यिनीहरुको खुर्सीको लागि यतिसम्म तल झरेको देखिन्छ कि यिनीहरुलाई आफ्नो अस्तित्व पनि छ कि छैन भने कुरा पनि थाहा छैन । चाकरी गर्दा गर्दै यिनीहरुको कम्मर भन्दा तलको भाग खिईएर गएको पनि थाहा छैन । कम्मर भन्दा तलको भाग छैन तर पनि अवसर र खुर्सीमा बस्नको लागि चाकरी गर्दैछन । यहाँ चाकरी गर्दा गर्दै खुर्सीमा बस्नेसक्ने अस्तित्व पनि मेटाएको थाहा भएन, तर पनि खुर्सीको लागि अझैसम्म चाकरीवाद गर्न छाड्न्नसकेका छैन । यिनीहरू जनता भन्दा पनि आफ्ना सन्ततिको लागि मधेसी भएर पनि गैर मधेसी जस्तो व्यवहार गर्दैगरेको देखिन्छ । यिनीहरू अवसरवादी हुन । कतिपय व्यक्तिहरुको प्रमुख काम भनेको आफ्नै समुदायलाई गाली गरि मौकाको फाईदा उठाउने गर्दछ।जसले आफ्नो पहिचानको लागि बोलेन त्यो पछि गएर कसैलाई पहचान्दैन (चिन्दैन) । यिनीहरू संघियताको बाढी आउनु भन्दा पहिला देखि नै व्यक्तिगत स्वार्थमा डुबिसकेका व्यक्ति हुन ।
    संघीयता आएपछि मधेसवादको बिस्तार होला भनेर सबै सर्वसाधारणलाई आश गरेको थियो । तर संघियता आएपछि मधेसवाद अवसरवाद, जातिवाद र नातावादमा परिणत भयो । मधेसवाद भनेको जो जुनसुकै परिस्थितिमा भएपनी मधेस÷मधेसी सहित अन्याय परेका समाज÷समुदायको हकहितको लागी लड्ने बिचारधारा हो।तर संघीयता लागुहुदा मधेसवादको साटो जे जसरी भए पनि आफ्नो व्यक्तिगत फाईदा, नातागोताको फाईदाको लागि हदैसम्मको लडाई लडेको देखिन्छ । जे जसरी भए पनि आफ्नै मान्छे सवै ठाउमा राख्नु पर्ने जस्तो मनोबिज्ञानले मधेसवाद डुब्दै गरेको देखिन्छ ।
    खुर्सी र भ्रष्टाचारमा सबै यति सम्म डुबेको छ कि यिनीहरूलाई मधेसवादको बारे बोल्ने त कुरै छोडौ सोच्नेसम्मको फुर्सद छैन । अनि जो खुर्सीमा बस्न पाएको छैन, त्यसले अरुलाई हटाएर,  आफू कसरी खुर्सीमा बस्ने भन्ने बाहेकको अरु सोचाई आएको छैन । यसरी संघीयताको बाढीमा सतामा रहेको र नरहेको दुबै पक्षका नेतृत्वकर्ताहरु अहिलेसम्म डुबेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट