News Category 2078/04/01
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
झण्डै डेढ महिनादेखी सप्तरीको तिरहुत गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच विभिन्न विषयमा मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज भएको छ ।
उपभोक्ता समिति र विभिन्न निर्माण कार्यको भुक्तानी असार ३१ गतेसम्म पनि हुन नसक्दा उक्त रकम फ्रिज भएको हो ।
विभिन्न सम्पन्न योजनाको उपभोक्ता समितिलाई भुक्तानी नदिएका कारण सबै भन्दा बढी प्रदेशस्तरिय विकासीय बजेटको रकम फ्रिज भएको गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरले जानकारी दिएका छन् ।
उपभोक्ता समितिको दबाब तथा कार्यालयको कामकाज समेत प्रभावित बन्दै गएपछि शुक्रबार बहडखेरले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत साहका कारण यस्तो समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।
झण्डै दुई महिना अघि मात्र सप्तरीकै रुपनी गाउँपालिकाबाट महदेवा गाउँपालिका कार्यालयमा सरुवा भई आएकी तर, महदेवाबाट एक÷दुई दिनमै सरुवा भई तिरहुत आएकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र अध्यक्षबीच मतभेद हुँदा प्रधानमन्त्री तराई मधेश समृद्धि कार्यक्रम तथा प्रदेश सरकारको सशर्त अनुदान तर्फको गरि करिब २ करोड ५० लाख रुँपैया फ्रिज भएको हो ।
गाउँपालिकाको विभिन्न वडामा संचालित सडक ढलान, माटो ग्राभेल, विद्यालय र मन्दिर भवन निर्माण योजनाको काम वापत दिनु पर्ने भुक्तानी रकम फ्रिज हुँदा आफूहरु समस्यामा परेको भन्दै सम्बन्धीत योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गरेका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत साहमाथी कारवाहीको माग गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य समक्ष निवेदन पनि पेश गरेको उपभोक्ता समितिका अध्यक्ष रमानन्द चौधरीले बताए ।
कतिपयले ऋण कर्जा लिएर काम गरेको बताउँदै उनीहरुले काम गरेपनि भुक्तानी नपाउँदा कसैलाई मुखै देखाउन नसक्ने अवस्थामा पुगेको पीडा समेत पोखेका छन् । प्रशासकीय अधिकृत साह विभिन्न बहाना बनाई नियमित रुपमा कार्यालयमा नआउने तथा फोन गर्दा पनि नउठाएको उनको भनाई छ ।
गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खत्वेले पनि प्रमुख प्रशासकीय अधिकृत साहकै कारण सम्पन्न भएको योजनाको भुक्तानी रोकिएको बताइन् । उनले उपाध्यक्ष अनुगमन समितिको संयोजक रहने व्यवस्था भएपनि अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत ंसाहले आफूलाई बेवास्ता गरि एक्लै अनुमगनमा जाने गरेको सुनाइन् ।
यता प्रमुख प्रशासकीय अधिकृत साहले आफूमाथी लगाइएको आरोप गलत भएको दाबी गर्दै अधुरो योजनाको पनि पुरै भुक्तानी मागेपछि असहमति जनाई भुक्तानी रोकेको बताइन् । गाउँपालिकामा संचालित केही योजना पूरा नभइकन पूरै भुक्तानी दिनका लागि दबाब समेत आएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ