News Category 2078/04/06
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
लगातारको वर्षाले सप्तरीस्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा कटान गर्दा करिब तीन सय घर डुवानमा परेको छ ।
नेपालकै पुरानो मध्येका एक सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाँध बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।
नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको तथा घर घरमा दुई÷तीन फिटसम्म पानी जमेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् ।
सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा उक्त नगरपालिकाको जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताएका छन् ।
बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको छ । यस्तै नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको छ ।
विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पु¥याएको थियो ।
यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिएका छन् ।
दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ