News Category 2078/05/29
नवनिर्मित दलित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण
दैनिक समाचारदाता
राजबिराज, २९ भदौ ।
राजविराजस्थित केअ माविको परिसरमा नवनिर्मित दलित छात्राबास भवन मंगलबार एक कार्यक्रमबीच उत्तध्m विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्रदेश सभा सदस्य मनिष सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा तीन आर्थिक बर्षमा भवन निर्माण कार्य सम्पन्न भई मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको आर्थिक सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले निर्माण गरेको उक्त भवनको प्रदेश सभा सदस्य मनिष सुमनको उपस्थितिमा शहरी बिकास तथा भवन कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झाले बिद्यालयका प्रअ योगेन्द्र यादबलाई हस्तान्तरण गरे ।
केशो अनिरूबति माध्यमिक बिद्यालयको २ कठ्ठा ८ धुर जग्गामा कुल ८० लाख ४४ हजार ९ सय ८८ रूपैयाको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको राजबिराज वडा नं. ३ अध्यक्ष सुदर्शन सिहले जानकारी दिए ।
सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले दलित सुमदायका बालबालिकालाई शिक्षामा दलितको पहँुच वढाउने उद्देश्यले निर्माण गरिएको बताए । उनले ग्रामिण बस्तीमा दलित समुदायका परिवारहरूको आर्थिक स्तर कमजोर रहेको अबस्थामा दलित परिवारका बालवालिकाहरूलाई सदरमुकाम राजबिराजसम्म शिक्षामा सहज पहँुच बनाउन उद्देश्यले भवन निर्माण गरिएको उल्लेख गरे ।
केशो अनिरूद्वबति माध्यमिक बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धिरेन्द्र बर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा राजबिराज ३ का अध्यक्ष सुदर्शन सिंह, बिद्यालयका सहायक प्रअ निलम मिश्रा, उपभोक्ता समितिका अध्यक्ष बिजय रजक, पत्रकार चन्दनकुमार यादबलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ