News Category 2078/06/22
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीको राजगढ गाउँपालिका ४ स्थित बेल्हीमा शुक्रबारदेखी तीन दिने व्यवसायिक साक्षरता तालिम शुरु भएको छ ।
युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा नागरिक सक्रियता परियोजनाबाट उक्त व्यवसायिक साक्षरता तालिम संचालन गरिएको हो ।
उक्त तालिममा राजगढ गाउँपालिकाका वडा नं. १ का सृजनशिल महिला समूह तथा वडा नं. ५ का बाबा बजरंगवली महिला समुहकी महिला/युवती सदस्यहरुलाई व्यवसायिक साक्षरता तालिम संचालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले जानकारी दिएका छन् ।
आयोजित तालिम उद्घाटन समारोहका अध्यक्षता दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान एवं प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष हेमनारायण साहले संयुक्त रुपमा ब्यनर पढेर साक्षरता तालिम उदघाटन गरे ।
संचालित तालिममा लक्षित ग्राहकको पहिचान र विक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, लागत तथा विक्रि मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरणलगायत बिषयबस्तुहरु समिटिने मञ्चले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ