News Category 2078/06/22
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सिके राउत नेतृत्वको जनमत पार्टीले बढ्दै गएको भ्रष्टाचार बिरुद्ध शुक्रबार राजविराजमा खबरदारी जुलुस प्रदर्शन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ । टाउँकोमा पार्टीको चिन्ह भएको टोपी र हात हातमा लाठीसहित गाउँ गाउँबाट आएका पार्टीका कार्यकर्ता तथा समर्थकले खबरदारी जुलुस प्रदर्शनसहित मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् ।
प्रदर्शनकारीहरुले प्रदेश २ सरकारले छात्राहरुलाई बितरण गरेको साइकल खरीदमा समेत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतबिरुद्ध चर्को नाराबाजी गर्दै उनको राजिनामा माग गरे ।
पार्टीका जिल्ला सचिव थानेश्वर साहले प्रदेश सरकारदेखी जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानिय तहहरुमा ब्यापक भ्रष्टाचार भएको भन्दै यसका बिरुद्ध खबरदारी गर्नुपरेको बताए ।
सदरमुकामको बाटोघाटो भत्केर जनतालाई सास्ती भइरहेपनि विकासको नाउँमा ठूलो रकम खर्च देखाएर भ्रष्टचार गरेका कारण आफूहरु बिरोधमा उत्रनु परेको उनको भनाई छ ।
सेवाग्राहीको बढी भिडभाड रहने मालपोत, राजविराज नगरपालिका लगायतको सरकारी कार्यालय अगाडी समेत उनीहरुले भ्रष्टाचार बिरुद्ध खबरदारीसहित नाराबाजी गरेका थिए ।
मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शन बजार क्षेत्र परिक्रममा पश्चात् जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । सभाका वक्ताहरुले भ्रष्टाचारको छानबिन र भैष्टाचारीहरुलाई जेल हाल्नु पर्ने माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ