News Category 2071/04/15
छोराको हत्या गर्ने बुबा पक्राउ
दैनिक सम्वादाता
राजविराज,१४ साउन ।
सप्तरीको कोचावखारी गाविस–९ कुपही टोलका ६ वर्षीय नावालक गोविन्द खंग खत्वेको हत्या गरी फरार रहेका उनका बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
छोराको हत्या गरी फरार उनका बुबा ३५ वर्षीय श्रवण खंग खत्वेलाई सप्तरीको बिसहरिया गाविस –२ स्थित सिग्यौन दमावतीबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
आरोपितले गत बिहीबार आफनै छोराको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । हत्यामा प्रयोग भएको बन्चरोसहित बालकको शव जिल्लाकै बरही वीरपुर गाविस –१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो । हत्या गरेर उनका बुबा श्रवण फरार भएका थिए ।
यसैबिच मृतकका मामाली हजुरबुबा दिघवा गाविस –७ का सीताराम खंग खत्वेको उजुरीका आधारमा आरोपितविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ