News Category 2071/04/16
तीन दिनसम्म मुलुकभरीको स्थानीय निकाय बन्द रहने
दैनिक संवाददाता
राजविराज, १५ साउन ।
विगतको भएको सात बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन केन्द्रिय समितिको निर्णयअनुसार अगामी साउन १८ गते देखि २० गते तीन दिनसम्म मुलुकभरीका स्थानीय निकाय बन्द गर्ने घोषणा गरेको छ ।
गाविस कर्मचारी संघ नेपाल सप्तरीका अध्यक्ष परशुराम यादव, शम्भुनाथ नगरपालिकाका देव नारायण साह, कन्चनरुप नगरपालिकाका अध्यक्ष राजेश यादव, स्थानीय निकाय कर्मचारी संगठन नेपालका अध्यक्ष कमलेश्वर विराजी र राजविराज नगरपािलका कर्मचारी एशोसियशनका अध्यक्ष एवं केन्द्रिय सदस्य उमेश प्रसाद यादवले संयुक्त रुपमा एक विज्ञप्ती प्रकाशन गरी सो घोषणा गरेका हुन् ।
हस्ताक्षरित विज्ञप्तीमा स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन केन्द्रिय समितिको निर्णयअनुसार स्थानीय निकायका कर्मचारीहरुको पेशागत हकहितका लागि स्थानीय निकायका क्रियाशिल ट्रेड युनियनहरुले गत जेष्ठ ११ गते पेश गरेको ७ बुँदे माँगको सम्बन्धमा मन्त्रालयबाट कार्यदल गठन गरी समस्यालाई यथावत राखि माँग पुरा गर्ने विषयमा स्थानीय निकायमा जर्बजस्ती तवरले हाजिर गराउन गरिएको पछिल्लो प्रयास प्रति गम्भिर भई एलजिसिडीपीबाट पठाइएका आईसीटि स्वंयसेवक लगायतका जनशक्तिहरुलाई हाजिर नगराई नगरपालिका कार्यालय लगायतका सम्पुर्ण स्थानीय निकाय परिसर प्रवेश रोक लगाई फिर्ता गर्न एवं सो को जानकारी केन्द्रिय समिति सचिवालयमा पठाउन निर्देशन भए बमोजिम साउन ७ गतेको केन्द्रिय समितिको निर्णयानुसार श्रावण १८ गते देखि २० गते तीन दिन सम्म मुलुकभरीकै स्थानीय निकायहरु जिल्ला विकास समिति नगरपालिका र गाविस कार्यालयहरु पुर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ