News Category 2071/04/17
शिविरमा ६ सय ६३ जना बालबालिकाको जन्म दर्ता
दैनिक संवाददाता
राजविराज, १६ साउन ।
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा सप्तरीको ५ गाविसमा संचालित जन्मदर्ता अभियान शिविरमा ६ सय ६३ जनाको जन्म दर्ता भएको छ ।
जिल्लाको बेल्ही चपेना, ब्रहमपुर, गम्हरिया प्रवाहा, अर्नाहा र पत्थरगाडा गाविसमा सम्पन्न सो शिविरमा बेल्ही चपेना गाविसमा सबैभन्दा बढी तथा पत्थरगाडामा सबैभन्दा कम जन्म दर्ता भएको जनाइएको छ ।
बेल्ही चपेना गाविसमा १६७ बालक र १३७ जना बालिका, अर्नाहा गाविसमा ४० जना बालक र ३५ जना बालिका, ब्रहमपुरमा ७० जना बालक र ५६ जना बालिका, गम्हरिया प्रवाहा गाविसमा ६१ जना बालक र ५३ जना बालिका र पत्थरगाडा गाविसमा २८ जना बालक र १६ जना बालिका गरि जम्मा ६ सय ६३ जनाको जन्म दर्ता भएको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो ।
यस्तै बेल्ही चपेना गाविसमा १६ जना दलित, २०३ जना जनजाति, २३ जना मुस्लिम र ६२ जना पिछडावर्ग, ब्रहमपुर गाविसमा १५ जना दलित, ५२ जना जनजाति, २० जना मुस्लिम र ३९ जना पिछडावर्ग, गम्हरिया प्रवाहा गाविसमा ९ जना दलित, ३१ जना जनजाति र ७४ जना पिछडावर्ग, अर्नाहा गाविसमा ७ जना दलित, २५ जना जनजाति, १२ जना मुस्लिम र ३१ जना पिछडावर्ग तथा पत्थरगाडा गाविसमा ७ जना दलित, १५ जना जनजाति, ६ जना मुस्लिम र १६ जना पिछडावर्गको शिविरमा जन्म दर्ता भएको जनाइएको छ ।
खेतीपातिको समय र वर्षाका कारण जन्मदर्ता गराउन नआएकाले जन्म दर्ता अभियानमा कमी आएको एससिडिसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो । जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
सो शिविर साउन ६ गतेदेखी १५ गतेसम्म ती पाँच गाविसमा संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ