News Category 2071/04/17
बोक्सीको आरोपमा पुनः एक महिला कुटिइन्
दैनिक संवाददाता
राजविराज, १६ साउन ।
कथित बोक्सीको आरोपमा सप्तरीको रायपुर गाविसमा पुनः एक महिलालाई कुटपिट गरिएको छ ।
रायपुर गाविस ६ का अभिनन्दन यादवकी ३५ वर्षिया श्रीमति पवित्रा देवी यादवलाई उनका आप्mनै छिमेकीहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन ।
उनका आप्mनै छिमेकीहरु सुकदेव यादव, उनका छोरा शिबनाथ यादव, रामदत यादव, भागवत यादव, जगदिश यादव लगायतकाहरुले बिहिबार राती बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितका श्रीमान अभिनन्दन यादवले आरोप लगाउनुभएको छ ।
घरमा कोही नभएको बेला घरमा प्रवेश गरी तिमी बोक्सीको हो भनि निर्घात कुटपिट गरेको उहाँका श्रीमान्ले जानकारी दिनुभयो ।
कुटपिटबाट गम्भिर घाईते पवित्राको तत्काल ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज राम नारायण यादवले उपचारको लागि युनिक अस्पतालमा भर्ना गरेपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको तथा त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारको लागि धरान पाठइएको पीडितका परिवारजनले बताएका छन ।
यसैबीच अहिलेको २१ औ शाताब्दीमा पनि बोक्सीको अथित आरोपमा महिलामाथि गरिएको कुटपिट घटनाको अन्तरपार्टी महिला संजालकी अध्यक्ष पुनम यादवले भत्सर्ना गर्दै दोषीमाथि कानुनी कार्बाहीको माँग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ