News Category 2071/04/23

तराईमा शान्ति सुरक्षाको सुधार आएपनि, सप्तरीबाट अपहरित आठ जनाको अवस्था अझै अज्ञातै

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, २२ साउन ।
तराई मधेसमा सशस्त्र आन्दोलनको नाउँमा सञ्चालन भएका अपराधिक गतिविधिमा सुधार भएपनि सप्तरीबाट सो समयमा अपहरित आधा दर्जन भन्दा बढी व्यक्तिको अवस्था अझै अज्ञातै रहेको छ । 
तराईमा सशस्त्र समूहहरुको गतिविधि सुरु भएयता अपहरणमा परेका सप्तरीका आधा दर्जन ब्यक्तिको अवस्था अझै सार्वजनिक हुन सकेको छैन् । अवस्था सार्वजनिक नहुँदा अहिले उनीहरुको नाम वेपत्ताको सुचिमा राखिएको छ । 
सप्तरी सदरमुकाम राजविराजस्थित वडा प्रहरी कार्यालय अगाडिबाटै २०६२ चैत्र ६ गते चार जना युवाको नियन्त्रणमा परेका रामप्रसाद यादवको हालसम्म अवस्था अज्ञातै रहेको छ । सप्तरीको सिम्राहा सिंग्यौन गाविस निवासी यादव सरसामान खरीद गर्न राजविराज आएका थिए । 
यादव मात्र होइन् २०६६ फागुन ६ गते अज्ञात समूहको अपहरणमा परेका बेल्ही चपेना गाविस ४ का ५० वर्षिय रामवृक्ष साह पनि बेपत्ताको सूचीमा राखिएका छन् । शम्भुनाथ गाविसबाट आफ्नो घर तर्पm गइरहेको बेला अपहरणमा परेका साहलाई अज्ञात समूहले बाटोबाटै अपहरण गरी लगेको थियो । अपहरणकारीलाई टेलिफोन सम्पर्कबाट उसले भनेको ठाउँमा रकम बुझाएपनि उनी मुक्त हुन नसकेको परिवारजनको भनाई छ । अपहरितका छोरा सन्तोषका अनुसार अपहरणकारीको टेलिफोन नम्बरहरु प्रहरीलाई दिएपनि बुवालाई मुक्त गराउन कुनै पहल हुन सकेको छैन् । 
त्यस्तै २०६६ असार ११ गते अज्ञातै समूहको अपहरणमा परेका काँग्रेस कार्याकर्ता कृष्णदेव विश्वासको अवस्था पनि हालसम्म अज्ञातै छ । सप्तरी भारदह गाविस ५ निवासी ३५ वर्षिय विश्वास नेपाली काँग्रेस सम्बद्ध टे«ड युनियन काँग्रेस भारदह ईकाईका अध्यक्ष हुन् । 
भारदहकै अशोक दास समेत बेपत्ता भएको करिब १० बर्ष पुगिसकेको छ । वडा नम्बर ३ निवासी कपडा ब्यापारी दास राजविराजबाट घर जाने क्रममा बेपत्ता भएका थिए । उनको अपहरण भएको हो कि कसैले हत्या गरेको हो ? केहि खुल्न नसकेको निजकी श्रीमति गीता दास बताउँछिन् । २०६१ पुस ६ गते वेपत्ता भएका दास लामो समयदेखि घर नर्फिकदा परिवारजनले अपहरण भएको आशंका गरेका छन् । 
त्यस्तै सप्तरीकै बरही बिरपुर र फकिरा गाविसबाट अपहरित तीन जनाको अवस्था अझै अज्ञातै रहेको उनका परिवारजनको भनाई छ । 
बरही बिरपुर गाविस ५ का संजिव कुमार साह र बरही बिरपुर ४ का रमेश कुमार रायको अवस्था अझै अज्ञातै रहेको छ । साहलाई २०६७ साल कार्तिक २६ गते छठ पर्वको दिन साँझ अज्ञात हतियारधारीहरुले गाउँकै पोखरीको डिलबाट अपहरण गरी लगेको थियो । तर हाल सम्म उनको अवस्था अज्ञातै रहेको उनका दाई रंजित कुमार साहको भनाई रहेको छ । रंजितका अनुसार भाईलाई मुक्त गराउँनका लागि ८ लाखको जग्गा बेचेर र बहिनीको बिहेको लागि राखिएको ५ लाख गरी १३ लाख रकम समेत फिरौती तिरेपनि भाईको अवस्था अज्ञातै रहेको बताएका छन । 
त्यस्तै २०६५ सालमै बरही बिरपुर गाविस ४ बाट अपहरित रमेश कुमार रायको अवस्था अझै अज्ञातै रहेको उनका परिवारजनले बताएका छन । यसैगरी २०७० साल मंसिर १८ गते घरबाटै अपहरित घनानन्द यादवको अवस्था समेत अज्ञातै रहेको छ । अपहरित ब्यक्तिहरुको अवस्था अज्ञातै रहेकोमा उनका परिवारजनले चिन्ता ब्यक्त गरेका छन ।  
विगतको तुलनामा अहिले सप्तरी सहित तराईका जिल्लाहरुमा शान्ति सुरक्षामा व्यापक सुधार आएपनि जिल्लाबाट अपहरित आठ जनाको अवस्था अझै अज्ञात रहेपनि त्यस तर्फ राज्य तथा स्थानीय प्रहरी प्रशासन र सम्बन्धित निकायको ध्यान जान नसकेकोमा चिन्ता ब्यक्त गरेका छन ।
त्यस्तै माओवादी द्वन्द्वकालमा सप्तरी र सिरहाका गरी ४ दर्जन व्यक्ति बेपत्ता भएकोमा कोहि पनि फेला पर्न सकेको छैन् । मधेस आन्दोलनमा सप्तरीबाट बेपत्ता भएका आधा दर्जन समेत भेट्टाउन नसकेको अधिकारकर्मी शम्भुनन्द चौधरी बताउँछन् । यद्यपी मधेस आन्दोलका क्रममा कति व्यक्ति बेपत्ता भएको छ भन्ने तथ्याड्ढ स्थानिय कुनै संघ(संस्थासँग रहेको छैन । बेपत्ता भएका मध्ये अधिकांस अपहरणमा पर्ने व्यक्ति रहेका छन् । तथा उनीहरुको हत्या भईसकेको स्थानीय जानकारहरु बताउँछन । 
त्यसैगरी ७ वर्ष अघि ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको अपहरणमा परेका पुर्व प्रहरी हवलदार राजकुमार तामाङ्गको अवस्था प्रहरीले केही वर्षअघि सार्वजनिक गरेपनि उनको परिवारले हालसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् । 
तामाङ्गको आफूसहित केहि साथीहरुले तामाङ्गको हत्या गरेको बयान पक्राउ परेका रम्पुरा मल्हनियाँ गाविसका किसन भनिने कमलेश यादवले २०६९ साल मंसिर २९ गते प्रहरी समक्ष दिएका दिएपछि मात्र उनको हत्या भएको पुष्टि भएको थियो । २० महिनादेखी सरकारले क्षतिपूर्ति दिने आशमा रहेका मृतक तामाङ्गकी श्रीमती मिना तामाङ्गले २०७० साल माघ २८ गते कृयाकर्म गरेकी छिन् । 
औषधी किन्न भारतीय सिमावर्तीय बजार कुनौलीबाट २०६३ मंसिर ७ गते अपहरणमा परेका थिए । उनका परिवारजनले  गृहमन्त्री, गृहराज्य मन्त्री, स्थानीय प्रशासन, राजनीतिक दल तथा मानवअधिकारकर्मी समेतलाई गुहारे पनि उनको क्षतिपूर्ति पाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट