News Category 2071/05/11
अस्पतालमा पशुचौपाया नियन्त्रण अभियान संचालन
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालले पशु चौपायाको छाडापन नियन्त्रण गर्ने अभियान संचालन गरेको छ ।
विगत केही समय यता अस्पताल प्रशासनको लापर्बाहीका कारण अस्पतालमा पशुचौपाया र सुगुंरको आतङ्क बढेको जनगुनासो पश्चात् अस्पताल प्रशासनले पशुचौपाया नियन्त्रण अभियान संचालन गरेको हो ।
सो अभियान अन्तगर्त अस्पताल प्रशासनले मंगलबार करिब पाँच दर्जन पशुचौपायलाई नियन्त्रणमा लिएको अस्पतालका ल्याव असिस्टेन्ट शेलैन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा बढ्दो पशु चौपाया र सुगुंर आतङ्कलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत सुगुंरलाई नियन्त्रणमा लिई मार्ने तथा पशु चौपायालाई नियन्त्रणमा लिई सम्झाई बुझाई जरिवाना लिएर छाडिएको जानकारी दिनुभयो ।
अब उपरान्त पनि अस्पताल परिसरमा पशुचौपाया र सुगुंर आउँन नदिनका लागि अस्पतालका कर्मचारीहरु सक्रिय रुपमा लागिपरेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ