News Category 2078/07/03
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दलित समुदायमा शिक्षाको पहुच हुनुपर्नेमा जोड दिएका छन् ।
सेभ द सप्तरीको २२ औं सधारण सभा एव सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा बोल्दै मन्त्री साहले सो कुरामा जोड दिएका हुन् ।
सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै मन्त्री साहले दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्ने बताए ।
सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणीय रहेको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । देशमा राजनैतिक परिर्वतन भएपनि समाजमा आमजनता परिर्वतन हुनुपर्ने बताउदै मन्त्री साहले कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने सुझाव समेत दिए ।
राज्यको आँखा नपुगेको ठाउँमा संस्थाले समाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्दै अएकोमा मन्त्री साहले प्रशंशा समेत गरे ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य गिता यादवले राज्यले ब्यवस्था गर्न नसकिएको कामहरु सेभ द सप्तरीले गरिरहेको बताउँदै महिलाहरु बाहिर निस्किन नसकेको अवस्थामा सस्थाले ग्रामिण भेगका महिलालाई १५ हजार रुपैया दिएर स्वरोजगार बन्न मद्दत गरेकोप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा स्वास्थ प्रमुख दुनियालाल यादवले सप्तरी जिल्लाको विभिन्न भागहरुमा समृद्ध स्वास्थ्य, शिक्षामा काम गनुपर्ने जिकिर गरे । उनले स्वास्थ्य तथा बालबालिका क्षेत्रमा सेभ द सप्तरीले निरन्तरता काम गरिरहेको भन्दै लागु औषध सेवनमा फसेका बालबालिकाहरुको हितमा काम गर्न सुझाव दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ का मिडिया काउन्सील अध्यक्ष शिवहरीप्रसाद भटराई, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, पत्रकर महासंघका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, सेभ द सप्तरीका संस्थापक गंगाराम साह, पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाले बिगत २२ बर्षदेखि समामाजिक, शिक्षा, रोजगार, स्वास्थ्य र बालबालिकाको हितमा काम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ