News Category 2078/09/01
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
दैनिक समाचारदाता
राजबिराज, १ पुस ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत राजबिराजमा संचालन हुने प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिताका लागि महबुब आलमको कप्तानीमा सप्तरी सिनियर टिमको छनोट गरिएको छ ।
सप्तरी क्रिकेट संघले बिहिवार राजबिराजस्थित राजरंगशाला खेलमैदान तीन दिनदेखि चलेको बन्द प्रशिक्षणबाट आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको हो ।
आलमको कप्तानीमा उपकप्तान तथा विकेट किपर आशिष झा, अमित यादब, रोहन बिक, रोहित सिंह, रोबिन सिंह, नितेश यादब, धिरज मण्डल, अजय यादबलाई चयन गरिएको छ ।
यस्तै टोलीका अन्य सदस्यहरुमा निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साहलाई चयन गरिएको छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्की छनौट गरिएको छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिएका छन् ।
यसैबीच पुस ३ गतेदेखि संचालन गर्ने भनिएको प्रादेशिक स्तरिय पुरूष क्रिकेट छनोट प्रतियोगिता प्राबिधिक कारण पुस महिनाको दोस्रो सातादेखि राजबिराजस्थित राजरंगशाला खेलमैदान र मबिव क्याम्पस खेल मैदानमा संचालन हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
- 2082/07/24 नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
- 2082/07/24 प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
- 2082/07/24 राजविराजमा महिला क्रिकेट सुरु
- 2082/07/23 करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
- 2082/07/23 जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ