News Category 2078/09/27
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सप्तरीमा उच्च सतर्कता अपनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जिल्लामा मंगलबारसम्ममा १८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाएको जानकारी दिएका छन् । पूर्ण खोप १५ प्रतिशतले अझै लिएका छैनन् ।
उनले जिल्लामा हालसम्म करिब ६ लाख खोप प्रांप्त भएको र खोप दिने काम अझै जारि रहेपनि सर्वसाधारणमा खोपप्रतिको आकर्षण घटेको बताए ।
सुरु सुरुमा खोप केन्द्रमा भिड व्यवस्थापन गर्न गाहे भएकोमा अहिले खोजिखोजि लगाउनु पर्ने अवस्था छ उनले भने । खोपसहित वडा वडामा स्वास्थ्यकर्मीको टोली खटिएपनि खोप लिन आउनेको संख्यामा निकै कमी देखिन थालिएको उनको भनाई छ ।
मंगलबारसम्ममा सप्तरीका १८ वटै स्थानिय तहका स्वास्थ्य चौकीहरुमा २५ हजार खोप स्टकमा रहेको जानकारी दिदै खोप लिन बाँकी रहेकाहरुलाई खोप लिन सचेत गराइरहेको बताए ।
यता गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन आवश्यक तयारी गरिएको बताएका छन् ।
उनले अस्पताल परिसरमै अक्सिजन प्लान्टको स्थापना गरि उत्पादन सुरु गरिसकेको बताए । उक्त प्लान्टबाट २४ घण्टामा ९० देखी १ सय २५ सिलिण्डरसम्म उत्पादन हुने भएकोले उक्त उत्पादनले कोरोनाका बिरामीका लागि अक्सिजन पर्याप्त हुने उनको दाबी छ । यस बाहेक लिक्विड अक्सिजन ट्याङ्क, भेन्टिलेटर, आइसियु लगायतका पूर्वाधार पनि तयारी अवस्थामा राखिएको उनले बताए ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेकाले सीमानाकामा कडाई गर्न र हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण लगायतका गतिविधी प्रभावकारी ढंगले अघि बढाउन सरोकारवालाले निकायले ध्यान दिनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ