News Category 2078/09/27
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सप्तरीमा उच्च सतर्कता अपनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जिल्लामा मंगलबारसम्ममा १८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाएको जानकारी दिएका छन् । पूर्ण खोप १५ प्रतिशतले अझै लिएका छैनन् ।
उनले जिल्लामा हालसम्म करिब ६ लाख खोप प्रांप्त भएको र खोप दिने काम अझै जारि रहेपनि सर्वसाधारणमा खोपप्रतिको आकर्षण घटेको बताए ।
सुरु सुरुमा खोप केन्द्रमा भिड व्यवस्थापन गर्न गाहे भएकोमा अहिले खोजिखोजि लगाउनु पर्ने अवस्था छ उनले भने । खोपसहित वडा वडामा स्वास्थ्यकर्मीको टोली खटिएपनि खोप लिन आउनेको संख्यामा निकै कमी देखिन थालिएको उनको भनाई छ ।
मंगलबारसम्ममा सप्तरीका १८ वटै स्थानिय तहका स्वास्थ्य चौकीहरुमा २५ हजार खोप स्टकमा रहेको जानकारी दिदै खोप लिन बाँकी रहेकाहरुलाई खोप लिन सचेत गराइरहेको बताए ।
यता गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन आवश्यक तयारी गरिएको बताएका छन् ।
उनले अस्पताल परिसरमै अक्सिजन प्लान्टको स्थापना गरि उत्पादन सुरु गरिसकेको बताए । उक्त प्लान्टबाट २४ घण्टामा ९० देखी १ सय २५ सिलिण्डरसम्म उत्पादन हुने भएकोले उक्त उत्पादनले कोरोनाका बिरामीका लागि अक्सिजन पर्याप्त हुने उनको दाबी छ । यस बाहेक लिक्विड अक्सिजन ट्याङ्क, भेन्टिलेटर, आइसियु लगायतका पूर्वाधार पनि तयारी अवस्थामा राखिएको उनले बताए ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिरहेकाले सीमानाकामा कडाई गर्न र हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण लगायतका गतिविधी प्रभावकारी ढंगले अघि बढाउन सरोकारवालाले निकायले ध्यान दिनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ