News Category 2078/10/07
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरी प्रहरीले श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ का २९ वर्षिय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षिय दिलिप कुमार मण्डल छन् । उनीहरुका साथबाट प्रहरीले श्रोत नखुलेको रकम ९ लाख ९० हजार रुँपैया बरामद गरेको छ ।
राजविराज ५ स्थित छिन्नमस्ता अस्पताल अगाडी दुबै हुण्डी कारोवारीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रदेश–२–०१–००३ प.३४७८८ नम्बरको मोटरसाइकल र उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार भारतबाट मोटरसाइकलमा घर फर्कदै गरेका उनीहरुले बोकेको कालो झोलाबाट १ हजारका सात र पाँच सयका एक हजार ९ सय ६६ थान गरि उक्त परिमाणको रकम बरामद गरिएको हो ।
अनुसन्धानका क्रममा दुबै जना हुण्डी कारोबारमा संलग्न रहेको खुलेको उनले बताए । दुई दिनअघि पक्राउ परेका उनीहरुबारे आवश्यक अनुसन्धान पुरा गरि शुक्रबार प्रहरीले विवरण सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ