News Category 2071/06/04
डा. सिके राउतको रिहाईको माग गर्दै ¥याली, धर्ना र बिरोध सभा
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
मोरङ्गबाट पक्राउ परेका सप्तरीको महदेवा निवासी डा. सिके राउतलाई अबिलम्ब रिहाईको माँग गर्दै शुक्रबार सप्तरी सहित मधेशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन भएको छ ।
सरकारले बिना कारण डा. राउतलाई पक्राउ गरेको भन्दै शुक्रबार राजविराजका साथै तराई मेधशका विभिन्न जिल्लाहरुमा ¥याली प्रदर्शन गरिएको हो ।
यसैक्रममा सप्तरीको सदरमुकाम राजविराजमा स्वतन्त्र मधेशी युवा विद्यार्थी संजालद्धारा सयौ युवाहरुको सहभागितामा डा.राउतलाई अबिलम्ब रिहाईको माँँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको थियो ।
त्यस्तै धर्ना पश्चात् स्थानिय शिव मन्दिर प्राङ्गनबाट निस्केको बिरोध ¥याली नगर परिक्रमा गर्दैै पुनः सोही स्थानमा पुगि सभामा परिणत भएको थियो ।
अभिब्यक्ति स्वतन्त्रता कायम गर, मधेशमा मानवअधिकार हनन् बन्द गर र बैज्ञानिक डा.सिके राउतलाई अबिलम्ब रिहा गर लगयातका माँँग सहित युवाहरुले नगरको विभिन्न भागको परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडी केही समय धर्ना समेत दिएका थिए भने पुनः ¥याली निकालिएको थियो ।
त्यस्तै मोरङ्गको विराटनगरमा मधेशी युवाहरुले डा.सिके राउतको रिहाइको माँग गर्दै बृहत याली निकालिएको थियो भने धनुषाको जनकपुर, सिरहाको लहान लगायतका मधेशका विभिन्न जिल्लाहरुमा डा.राउतको रिहाईको लागि बृहत ¥याली प्रदर्शन गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ