News Category 2071/06/04
जेसीज सप्ताहमा वृक्षारोपण
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
जेसीज सप्ताह अन्तरगत पहिलो दिन शुक्रबार सरसफाई तथा बृक्षारोपन गरिएको छ ।
राजविराज जेसीजको आयोजनामा आयोजित जेसीज सप्ताहको उद्घाटन सत्रमा वक्ताहरुले जेसीजको काम, कर्तव्य र भूमिका बारे चर्चा गर्नु भएको थियो ।
जेसीजका अध्यक्ष दिपक भगतको अध्यक्षता तथा राजविराज नगरपालिका कार्यालयका प्रमुख विष्णु प्रसाद गुरुङ्गको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन सत्रमा संचारकर्मीद्वय राजेश झा र नवीन गुप्ता, ड्रिम नेपालका कार्यवाहक अध्यक्ष कमल किशोर साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा उद्घाटन कार्यक्रमका संयोजक अशोक साहले स्वागत मन्तव्य तथा मिथिलेश यादवले जेसीज आस्था पाठ गर्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात् राजविराज जेसीज भवन अगाडी १५ वटा निम, अशोक लगायतको बोटविरुवा रोपी बृक्षारोपन गरिएको थियो । बृक्षारोपन पश्चात् बृक्षहरुलाई बेरी लगाई घेराबार गरिएको थियो । जसका लागि राजविराज नगरपालिकाले पाँच वटा बेरी सहयोग गरेको छ । सो कार्यक्रममा ड्रिम नेपालको समेत सहयोग रहेको जेसीजका अध्यक्ष दिपक भगतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ