News Category 2071/06/06
छिन्नमस्ता शक्तिपीठको सम्पुर्ण तयारी पुरा ५ लाख भक्तजनहरुले दर्शन गर्ने अनुमान
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा पुर्वाञ्चलको प्रसिद्ध छिन्नमस्ता सख्डेश्वरी शक्तिपीठमा सम्पुर्ण तयारी पुरा भएको छ ।
मन्दिर संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष तथा मन्दिरका पीठाधिश महाकान्त ठाकुरले आईतबार नेपाल भारतका संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिनुभएको हो ।
असोज ९ गते घटस्थापना दिनदेखि मन्दिरमा वडा दशै अवधिभरी ठुलो मेला तथा हजारौ श्रद्धालु भक्तजनहरुले पुजापाठका लागि आउने गरेको तथा त्यसको सम्पुर्ण तयारी पुरा भईसकेको पीठाधिश ठाकुरले जानकारी दिनुभयो ।
यस वर्ष विजयादशमीमा नेपाल सहित छिमेकी भारतको विभिन्न स्थानबाट करिब ५ लाख भन्दा बढी दर्शकहरु दर्शन तथा पुजाआजाका लागि आउँने सम्भावना रहेको मन्दिर समितिले जनाएको छ ।
विजयादशमीको लागि विगत एक महिना अगाडी देखि नै पुजाको लागि पुर्व तयारी गरिरहेको तथा दशैको सम्पुर्ण तयारी पुरा भईसकेको जनाउँदै मन्दिरका पीठाधिश ठाकुरले मन्दिरसम्म पुग्ने केही किलो मिटर सम्मको बाटो वर्षौदेखि जिर्ण रहेका कराण अन्य वर्ष झै यस वर्ष पनि दशै अवधिभरी श्रद्धालु भक्तजनहरुलाई पुजाआजाका लागि आवत जावतमा समस्या उत्पन्न हुने बताउँनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा पीठाधिश ठाकुरले दशै अवधिभरी नेपाल भन्दा बढी भारतबाट करिब ६० प्रतिशत श्रद्धालु भक्तजनहरु माताको दर्शन तथा पुजाआजाको लागि आउँने गरेकाले यहाँ भन्सार कार्यालय नहुदाँ भारतीय श्रद्धालुहरुलाई पुजापाठका लागि सवारी साधन लिएर आवत जावत गर्नमा समस्या उत्पन्न हुने गरेकाले सो समस्या समाधानका लागि नेपाल तथा भारत दुवै देशले तदारुकता देखाउँनुपर्नेमा जोड दिनुभयो ।
भन्सार अर्थात सवारी साधनका लागि भन्सार सेवाको सुविधा हुन नसकेका कारण भारतका मात्र करिब २५ प्रतिशत भिआईपी श्रद्धालु भक्तजनहरु माताको दर्शनका लागि आउँदैन तसर्थ नेपाल र भारत दुवै मुलुकमा भन्सार सुविधा उपलब्ध भएपछि उक्त समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुहुँदै पिठाधिशले त्यसका लागि संचारकर्मीहरुले कलम चलाई सहयोग गर्नका लागि आग्रह समेत गर्नुभयो ।
साथै दशै अवधिभरी छिन्नमस्ता मन्दिरमा सुरक्षा व्यवस्था कडा बनाउनुका साथै मन्दिरमा करिब एक दर्जन सिसि क्यामरा जडान गरिएको जानकारी दिदै पीठाधिश ठाकुरले वडा दशैमा नेपाल सहित भारतका विभिन्न स्थानबाट वर्षेणी हजारौ हजार श्रद्धालु भक्तजनहरुले माताको पुजापाठ तथा दर्शनको लागि आउने गरेकाले दशै अवधिभरी सबैलाई सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ