News Category 2071/06/06
बेगवानी हत्यामा संलग्न थप दुई पक्राउ
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
सप्तरीको हनुमाननगर ५ का कपडा व्यापारी दम्पतिको हत्यामा संलग्न थप दुई जना हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बेगवानी दम्पतिको हत्या गरी फरार रहेका सुनसरीको श्रीपुर गाविस ३ बस्ने २४ वर्षिय साविर मियाँ र हरिपुर गाविस ७ बस्ने २५ वर्षीय ईनरदेव कामतलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गत असारमा प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो ।
हत्या गरी गरगहना डाका गर्ने फरार अभियुक्त मध्ये निजहरुलाई निगानी र खोजतलास गर्दै जादा पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर अपराध शाखाका प्रहरी नायव उपरिक्षक राज कुमार बैदवारको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले पैशा उठाउने कार्य योजना गर्दै गर्दा निजहरुलाई सुनसरी नरसिंह ९ चिरौनी भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजहरु उक्त अपराधकोे योजना र अपराध गर्न प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
हत्या पश्चात् नेपालका र सिमावती भारतका बिभिन्न बिभिन्न ठाउमा लुकीछिपी बस्दै आएको र बिगतमा पनि अन्य अपराधमा पनि संलग्न रहने गरेको अनुसन्धानबाट खुलेको तथा निजहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत सप्तरीमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हनुमाननगर गाविस वडा नं. ५ हनुमाननगर बजार बस्ने कपडा व्यापारी ५५ वर्षिय प्रेमसुख वेगवानी र उनका पत्नि ५२ वर्षीया सरोज देबी बेगवानी दम्पतीकोे गत जेठ २१ गते राति निर्मम तरिकाबाट हत्या गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ