News Category 2071/06/06
बेगवानी हत्यामा संलग्न थप दुई पक्राउ
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
सप्तरीको हनुमाननगर ५ का कपडा व्यापारी दम्पतिको हत्यामा संलग्न थप दुई जना हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बेगवानी दम्पतिको हत्या गरी फरार रहेका सुनसरीको श्रीपुर गाविस ३ बस्ने २४ वर्षिय साविर मियाँ र हरिपुर गाविस ७ बस्ने २५ वर्षीय ईनरदेव कामतलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गत असारमा प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो ।
हत्या गरी गरगहना डाका गर्ने फरार अभियुक्त मध्ये निजहरुलाई निगानी र खोजतलास गर्दै जादा पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर अपराध शाखाका प्रहरी नायव उपरिक्षक राज कुमार बैदवारको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले पैशा उठाउने कार्य योजना गर्दै गर्दा निजहरुलाई सुनसरी नरसिंह ९ चिरौनी भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजहरु उक्त अपराधकोे योजना र अपराध गर्न प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
हत्या पश्चात् नेपालका र सिमावती भारतका बिभिन्न बिभिन्न ठाउमा लुकीछिपी बस्दै आएको र बिगतमा पनि अन्य अपराधमा पनि संलग्न रहने गरेको अनुसन्धानबाट खुलेको तथा निजहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत सप्तरीमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हनुमाननगर गाविस वडा नं. ५ हनुमाननगर बजार बस्ने कपडा व्यापारी ५५ वर्षिय प्रेमसुख वेगवानी र उनका पत्नि ५२ वर्षीया सरोज देबी बेगवानी दम्पतीकोे गत जेठ २१ गते राति निर्मम तरिकाबाट हत्या गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ