News Category 2071/06/07
बोक्सीको आरोपमा छिमेकीद्धारा एकल महिला कुटिईन
दैनिक संवाददाता
राजविराज, ६ असोज ।
सप्तरीको बोरिया गाविस ८ की विधवा महिला बेचनी देवी यादव कथित बोक्सीको आरोपमा पटक पटक आप्mनै छिमेकीबाट कुटिएकी छिन ।
स्व. चितरंजन यादवकी ४० वर्षिया श्रीमति बेचनीदेवीलाई उनका आप्mनै छिमेकीहरुले कथित बोक्सीको झुठो आरोपमा पटक पटक कुटपिट गर्दै आएको पीडितले बताईन ।
बेचनीकी आप्mनै छिमेकीहरु शिब नारायण यादव, उनका श्रीमति चनन देवी, छोरी रेणु कुमारी यादव, राम कुमार यादव र उनका श्रीमति तपेश्वरी देवी यादव सहितले बिना कारण कथित बोक्सीको आरोपमा आफुलाई पटक पटक कुटपिट गरेको बताईन ।
विगत ६ वर्ष अघि श्रीमानको लिभर क्यान्सर रोगका कारण मृत्यु भएको तथा श्रीमानको मृत्यु पछि छिमेकीहरुले जग्गा सम्बन्धि आन्तरिक विवाद रहेपनि बोक्सी हो भनि कुटपिट गर्दै आएको दुःखेसो पोखिन ।
दुई छोरा रहेका एकल महिला बेचनी देवीलाई पछिल्लो पटक उनीहरुको पशु बिरामी परेपछि तिमी बोक्सी हो भनि तिमिले नै मेरो पशुलाई टुनामुना गरेको भन्दै आफुलाई निर्घात कुटपिट गरेको पीडित महिलाले बताइन् ।
श्रीमान् बितेपछि ५÷७ पटक सम्म आफुलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको तथा आफुलाई १५ कठा जग्गा बाहेक अन्य अरु केही नहरकोले अहिले दुई छोराहरुको लालन पालन देखि लिएर पढाई लेखाई गर्न धोधौ भईरहेको दुःखेसो पोखिन ।
आप्mनो श्रीमान् बितेपछि छिमेकीहरुले पटक पटक कथित बोक्सीको आरोपमा कुटपिट गरेको उजुरी जिल्ला प्रहरी कार्यालय तथा महिला सेलमा दिदाँ पनि प्रहरी प्रशासनले समेत हाल सम्म कुनै चासो नदेखाएको पीडित बेचनीले आरोप लगाइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ