News Category 2078/11/26
काँग्रेस सप्तरीमा साह विजयी
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
नेपाली काँगे्रको सप्तरी जिल्ला सभापतीमा रामदेव साह विजयी भएका छन् ।
उनी शेखर कोईराला पक्षका हुन् । संस्थापन पक्षका शत्रुघन प्रसाद यादवलाई १ सय १६ मतले पराजीत गर्दै साह विजयी भएका हुन् । सात पदाधीकारी सहित ८४ सदस्यीय जिल्ला कार्या समितीका लागी साह र यादव प्यानल सहित प्रतिस्पर्धा गरेका थिए ।
मंगलवार निर्वाचन सम्पन्न भए पनि मतगणना प्रक्रियाबारे दुबै पक्षबीच विवाद हुदाँ मतगणना लम्बिएको हो । दुबै पक्ष सहमतीमा आएपछि विहीवार कडा सुरक्षाबीच स्थानीय जिल्ला समन्वय समितीको सभाकक्षमा मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत डा.रुद्र शर्माका अनुसार सभापती पदमा साहले १ हजार १ सय ८६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी यादवले १ हजार ७० मत प्राप्त गरेका छन् । साह अघिल्लो निर्वाचनमा सभापती पदमा पराजित भएका थिए । सभापती पदमा ८६ मत बदर भएको छ । निर्वाचनमा २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ मत खसेको थियो ।
अन्य पदाधीकारी, प्रतिनीधी तथा सदस्यहरुको मत गणना भने जारी रहेको तथा सम्पुर्ण नतिजा आउन अझ दुई दिन समय लाग्ने अनुमान गरिएको पार्टी प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ