News Category 2078/11/27
दश वर्षअघि बालिका बलात्कार गरि फरार ५३ वर्षिय बलात्कारी पक्राउ

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
एक १२ वर्षिया बालिकाको दश वर्षअघि बलात्कार गरि फरार भएका ५३ वर्षिय व्यक्ति पक्राउ परेका छन् ।
सप्तरीको साविक कमलपुर गाविस हाल सप्तकोशी नगरपालिकाकी ती बालिकालाई बलात्कार गरि फरार रहेका स्थानिय ५३ वर्षिय जगदिश यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आरोपितले शौचालयका लागि निस्केका बेला २०६८ साल जेष्ठ २७ गते राती १२ वर्षिया बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले २०६८ साल चैत १ गते जबरजस्तीकरणी मुद्दामा सुनुवाई गर्दै उनलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । २०७१ साल बैशाख २९ गते तत्कालिन पुनरावेदन अदालत राजविराजले पनि सो फैसला कायम रहने ठहर गरेको थियो ।
घरमै लुकिछिपी बसिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि आदेसानुसार कैद भुक्तानका लागि राजविराज कागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ