News Category 2078/12/02
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
होली पर्वको अवसरमा बुधबार राजविराजमा होली महोत्सवको आयोजना गरिएको छ ।
सो अवसरमा साहित्य, कला, पत्रकारिता, नाटक, खेलकुद लगायतका लगायतका विद्यामा योगदान दिने एक दर्जन बढी व्यक्तित्वलाई सम्मानित गरिएको छ ।
महोत्सव अन्तरगत होली लोकगितको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको होली गायन प्रतियोगितामा झल्ही समूह प्रथम, महदेवा समूह द्वितृय र खरसाल यूवा समूह तितृय भएका छन् ।

महोत्सव अन्तरगत पहिलो पटक आयोजना गरिएको होली गायन प्रतियोगिताका प्रथम स्थान ल्याउनेलाई पाँच हजार, द्वितृय हुनेलाई तीन हजार र तृतिय हुनेलाई दुई हजार नगद र ट्रफिसहित सम्मान गरिएको थियो ।
मिडिया टेक्नोलोजी प्रालीले बुधबार राजविराजस्थित शिवमन्दिरको प्राङ्गणमा आयोजना गरिएको होली महोत्सवमा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शम्भुप्रसाद यादवले उनीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका हुन्.।
कार्यक्रममा पत्रकारिता क्षेत्रबाट व्याशसंकर उपाध्याय, समाज सेवातर्फ ई. सूर्यनारायण यादव, खेलकुदतर्फ पुन्तीलाल यादव, बैकिङ सेवातर्फ ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक मनिष महासेठ र उद्योगि व्यवसायीतर्फ फिरोज आलम सम्मानित भएका छन् ।
कलासंस्कृती तर्फ निराजन मेहता, नाट्य कलातर्फ छेदी यादव, महिला सशक्तिकरणतर्फ अनिता देवकोटा, कानुनी सेवातर्फ प्रतिमा देव, शिक्षातर्फ मन्जु श्रेष्ठ, यूवा अभियान्तातर्फ बिष्णु यादव, अधिकारकर्मीतर्फ सुनिता साह र जेष्ठ नागरिकतर्फ शंकर शारदा पनि सम्मानित भएका छन् ।
वडा अध्यक्ष मागिंलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, मिडिया काउन्सील मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराई, पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देव, निर्णायक समितिका सदस्य मनोज कुमार माझी, अजयकुमार झा, भुषण सिंह, सुखराम यादव लगायतले सम्मान पत्र तथा बिजेता कलाकारहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ