News Category 2078/12/06
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको बोदे बसाईन नगरपालिकामा न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बसाईन नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा बोदे बसाईन नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष बबिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव, प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा नम्बर ५ का वडाअध्यक्ष मो. मोजिबुर रहमान, उद्योग व्यापार समितिका अनिल प्रसाद सिंह, ललित नारायण चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताल स्ए ।
कार्यक्रममा रोजगारदाताहरु महिनारायण साह, नगरपालिकाका रोजगार संयोजक सुनिल कुमार चौधरी, रोजगार प्राबिधिक ब्रहमदेव यादव, हरवा चरवा परिवारका सितल सदा, किसन सदा, गुरिलाल सदा लगायतले पनि बोलेका थिए ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता संजीव कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ