News Category 2078/12/06
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए

दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
स्थानिय निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुलेको पहिलो दिन आइतबार सप्तरीमा २ हजार भन्दा बढीले आवेदन फारम बितरण भएको छ ।
२०७९ साल बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ३ हजार १ सय ३९ म्यादी प्रहरीको माग गरिएको छ ।
पहिलो दिनमै २ हजार ४ सय भन्दा बढीले म्यादी प्रहरी भर्नाका लागि आवेदन फारम बितरण भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनले आवेदन दर्ता गराएपछि चैत २२ मा नतिजा र चैत २८ देखी प्रशिक्षण कार्य सुरु गर्ने तालिका रहेको जानकारी पनि दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट आवेदन फारम बितरण गर्ने कार्य सुरु भएपछि भिड नियन्त्रण गर्ने कार्यमा समस्या देखिएकोले राजरंगशालामा आवेदन फारम बितरण गर्ने व्यवस्था मिलाइएको थियो ।
तर, त्यहा पनि भिड उर्लिएपछि एसपी अभिनारायण काफ्ले र डिएसपी माधवप्रसाद काफ्ले आफै पुगेर भिड व्यवस्थापन गर्दै फारम बितरणको ब्यवस्था मिलाएका थिए ।
प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गर्दै चैत ६ देखि ११ गतेसम्म दरखास्त दिने म्याद तोकेको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएको छ भने म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइएको छ । उनीहरुको सेवा अवधि ४० दिन रहेनछ । म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ तोकिएको छ ।
त्यस्तै खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने र निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरुप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ