News Category 2078/12/11
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
राजविराजमा जारि चौथो मेयर कप सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तिलाठी कोइलाडी जायन्टस र टिभिएस किंग्स राजविराज बिजयी भएका छन् ।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कोइलाडीले बजाज खडक वारियर्सलाई २ बिकेट तथा टिभिएसले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्स निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय रनको बिशाल योगफल जोडेको थियो । खडक वारियर्सको तर्फबाट बिस्फोटक ब्याटिङ गर्दै मिनस थापाले सर्वाधिक ९३ रनको योगदान गरे । यस्तै राहुल मण्डल ३९, अभिनाश कर्ण २९ र अरनिको यादवले २३ रनको योगदान दिए । तिलाठी कोइलाडी जयान्टसका तर्फबाट सुनिल धमला, भुवन कार्की र अभिशेख कार्कीले १÷१ विकेट लिए ।
दुई सय १ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको तिलाठी कोइलाडी जायन्टस १९ दशमलब ४ ओभरमै बिजयी लक्ष्य भेटाएको थियो । तिलाठी कोइलाडी जयान्टसका लागि सुनिल धमलाले सर्वाधिक ६८, भुवन कार्की ३०, विकास दास २०, रोहन बिक १९ र आशिष झाले १० रनको योगदान दिए ।
बलिङतर्फ बजाज खडक वारियर्सका राहुल मण्डलले ३ तथा गोमानन्द अमात्य र रोबिन सिंहले २÷२ र अरनिको यादवले १ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टोलीका सुनिल धमला घोषित भए ।
शुक्रबार नै सम्पन्न अर्को खेलमा टिभिएस किंग्सले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको राजविराज किंग्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय २० रनको चुनौती पेश गरेको थियो । १ सय २१ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको टिभिएस किंग्सले १८ दशमलब १ ओभरमै लक्ष्य प्राप्त गरेको थियो । उक्त खेलमा २ विकेट लिनुका साथै ५४ रन बनाए वापत बिजयी टोलीका कप्तान महबुब आलम म्यान अफ दि म्याच घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ