News Category 2078/12/11
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
राजविराजमा जारि चौथो मेयर कप सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तिलाठी कोइलाडी जायन्टस र टिभिएस किंग्स राजविराज बिजयी भएका छन् ।
राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कोइलाडीले बजाज खडक वारियर्सलाई २ बिकेट तथा टिभिएसले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्स निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय रनको बिशाल योगफल जोडेको थियो । खडक वारियर्सको तर्फबाट बिस्फोटक ब्याटिङ गर्दै मिनस थापाले सर्वाधिक ९३ रनको योगदान गरे । यस्तै राहुल मण्डल ३९, अभिनाश कर्ण २९ र अरनिको यादवले २३ रनको योगदान दिए । तिलाठी कोइलाडी जयान्टसका तर्फबाट सुनिल धमला, भुवन कार्की र अभिशेख कार्कीले १÷१ विकेट लिए ।
दुई सय १ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको तिलाठी कोइलाडी जायन्टस १९ दशमलब ४ ओभरमै बिजयी लक्ष्य भेटाएको थियो । तिलाठी कोइलाडी जयान्टसका लागि सुनिल धमलाले सर्वाधिक ६८, भुवन कार्की ३०, विकास दास २०, रोहन बिक १९ र आशिष झाले १० रनको योगदान दिए ।
बलिङतर्फ बजाज खडक वारियर्सका राहुल मण्डलले ३ तथा गोमानन्द अमात्य र रोबिन सिंहले २÷२ र अरनिको यादवले १ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टोलीका सुनिल धमला घोषित भए ।
शुक्रबार नै सम्पन्न अर्को खेलमा टिभिएस किंग्सले राजविराज किंग्सलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको राजविराज किंग्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय २० रनको चुनौती पेश गरेको थियो । १ सय २१ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको टिभिएस किंग्सले १८ दशमलब १ ओभरमै लक्ष्य प्राप्त गरेको थियो । उक्त खेलमा २ विकेट लिनुका साथै ५४ रन बनाए वापत बिजयी टोलीका कप्तान महबुब आलम म्यान अफ दि म्याच घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ