News Category 2079/01/02
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
सप्तरीको बादेबरसाइन नगरपालिका वडा नं. १० स्थित अमरैया टोलमा शुक्रबार दिउँसो आगलागि हुँदा पाँच वर्षिय एक बालकको जलेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ४ बजेतिर अचानक आगलागि हुँदा स्थानिय शत्रुधन यादवका पाँच वर्षिय छोरा शैलेश यादवको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शत्रुधन यादव, मिन्टु यादव र ओम यादव दाजुभाईको संगोलमा रहेको बासको गाईगोठबाट अचानक सल्केको आगोले १६ लाख २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सो आगलागीमा यादव दाजुभाईको घर भित्र रहेको सरसमान पुर्ण रुपमा जल्दा १२ लाख, सोही घरबाट आगो सल्केर छिमेकी रघुनन्दन यादवको चार लाख तथा जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा २० हजार गरि १६ लाख २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।
आगलागिलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा झण्डै एक घण्टाको अवधीमा पुर्ण रुपमा नियन्त्रण लिइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ