News Category 2079/01/06
भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले निर्वाचनमा असल मान्छे र असल पार्टी नजितेसम्म मुलुकबाट भ्रष्टाचारको अन्त्य नहुने भन्दै उनले भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका दिन आग्रह गरेका छन् ।
राजविराजमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले देश बर्वाद भएको भन्दै राप्रपाले भ्रष्टाचारलाई शुन्यमा झार्ने र भ्रष्टाचारीलाई जेलमा पु¥याउने पहिलो काम गर्ने उद्घोष समेत गरे ।
उनले भ्रष्टाचार मुक्त देश निर्माण गर्न स्थानिय तहले पनि महत्वपूर्ण भूमिका निर्वाहा गर्नु पर्नेमा जोड दिदै स्थानिय तहमा राप्रपाको उम्मेदवार हुनेले एक हातमा भ्रष्टाचार नगर्ने सपथपत्र बुझाएपछि अर्को हातमा टिकट पाउने बताए । राप्रपा जिते कक्षा १२ सम्म निशुल्क शिक्षा दिने पनि लिङ्गदेनले भनाई छ ।
पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई सय भन्दा बढीलाई लिङ्गदेनले पार्टी प्रवेश गराउँदै फुलमाला अविर लगाएर स्वागत गरे ।
राप्रपाका जिल्ला अध्यक्ष उमदेश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य महामाया प्रसाद सिंह, उमेश प्रसाद साहलगायतले पनि बोल्दै राजासहितको हिन्दु राष्ट्रमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ