News Category 2079/01/06
जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
जनता समाजवादी पार्टीबाट सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित दिपककुमार यादव मंगलबार नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
जसपा मधेश प्रदेश कमिटिका सदस्य समेत रहेका उनीसँगै जसपा र स्वतन्त्रबाट जितेका दुई जना वडा अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि एक दर्जन स्थानिय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा जसपाबाट वडा अध्यक्षमा निर्वाचित महादेवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव र राजविराज वडा नं. ३ बाट स्वतन्त्र जितेका सुदर्शन प्रसाद सिंह रहेका छन् । यस्तै राजविराज वडा नं. ८ का कौशल कुमार दाससहितज्ञ विभिन्न पार्टी परित्याग गरि एक दर्जन व्यक्ति पार्टी प्रवेश गरेको काँग्रेस सप्तरीले जनाएको छ ।
राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिवद्वय सनत मण्डल, प्रभुनारायण चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, नन्दकिशोर यादवलगायतले नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ