News Category 2079/01/09
परियारको नेतृत्व फुटबल संघ
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
राजकुमार परियारको नेतृत्वमा सप्तरी जिल्ला फुटबल संघ चयन भएको छ । शुक्रबार सम्पन्न पाँचौं अधिवेशनले परियारको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्य समितिको उपाध्यक्षमा अमरबहादुर भुजेल, बिजय कुमार चौधरी र सुनिल चौधरीलाई चयन गरिएको छ । यस्तै सदस्यमा ध्रुब नारायण चौधरी, रमेशप्रसाद साह, रमेश श्रेष्ठ, अविलाषा पन्त, अमरेन्द्र कुमार चौधरी, बैजु दास, राजकुमार श्रेष्ठ, बब्लुकुमार चौधरी, सुरेश खड्गा, सुरेश लामा र देबेन्द्रमान सिंह बस्नेत चयन भएका छन् ।
नेतृत्व चयनका लागि मतदानको सम्पूर्ण तयारी भइरहेको बेला गरिएको सहमतिको प्रयास सफल भएपछि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
यसअघि तत्कालिन अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतले गत बैशाख १ गते गोप्य ढंगले चुनाव गर्न लागेको भन्दै परियार पक्षले पत्रकार सम्मेलन समेत गरि आरोप लगाएपछि केन्द्रिय समितिले निर्वाचन स्थगन गरेको थियो । सोको छानबिन सकिएपछि नयाँ मिति तोकेर अधिवेशन गराइएको हो ।
केन्द्रिय प्रतिनिधि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहेका बिनोद लामाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
सप्तरी फुटबल संघमा १० वटा क्लब आवद्ध छन् । संघसँग आवद्ध क्लबको प्रतिनिधि नै मतदाता हुने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ