News Category 2079/01/09
निर्वाचित जनप्रतिनिधिद्वारा राजिनामा
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिइरहेका छन् ।
शुक्रबार राजविराज नगरपालिकाका प्रमुख कस्शम्भुप्रसाद यादवसहित उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले शुक्रबार पदबाट राजिनामा दिएका छन् ।
२०७४ को स्थानिय तह निर्वाचनमा तत्कालिन राजपाबाट नगरप्रमुख पदमा निर्वाचित भएका यादवले राजिनामा दिएका हुन् । हाल उनी जसपा नेपाल राजविराज नगरपालिकाका वरिष्ठ उपाध्यक्ष पदमा छन् ।
उनीसँगै राजपाबाटै निर्वाचित उपप्रमुख साधना झालगायत अन्य विभिन्न पार्टीबाट निर्वाचित सबै वडाका अध्यक्ष र सदस्यले राजिनामा दिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजिनामा गर्नुपर्ने बाध्यात्मक प्रावधान ल्याएपछि आगामी निर्वाचनमा सहभागि हुन चाहने इच्छुक उम्मेदवारले जितेका पदबाट धमाधम राजिनामा दिन थालेका छन् ।
उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यहरुले आफ्नो राजिनामा नगरप्रमुख यादवलाई बुझाएपछि उनले पनि आफ्नो राजिनामा प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवलाई बुझाएका थिए ।
सो अवसरमा उनले आफ्नो कार्यकालमा भएका विकास निर्माणका विवरण समेत प्रस्तुत गरेका थिए । प्रमुख यादवले सडक, नाला, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा गरेका कामको विवरण सुनाउँदै पुनः जनताका बीच जाने विचारमा रहेको बताए ।
यअसघि बिहीबार नेपाली काँग्रेसबाट गत स्थानिय तहको निर्वाचनमा जिल्लाको विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका लिलाम्बर यादवले पनि राजिनामा दिँदै प्रमुख प्रशासकीय अधिकृत ललन यादवलाई गाडीको साँचो बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ