News Category 2079/01/10
दुई मोटरसाइकल ठोकिदा दाजुभाईसहित तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी राजमार्गमा शुक्रबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ निवासी ३० वर्षिय पप्पु यादव, २६ वर्षिय सन्दिप यादव र २८ वर्षिय रन्जित यादव छन् । दुर्घटनामा मृत्यु हुने तीनै जना एउटै वडाका हुन् भने सन्दिप र रन्जित दाजुभाई हुन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१–०२४१ प.२२९६ नं.को मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नं. को मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफन्तको विहेमा जन्ति गई फर्किदै गर्दा बिहान ३ बजेतिर बीच बाटोमा ती दुबै मोटरसाइकल एकआपसामा ठोकिएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका तीनै जनालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ