News Category 2079/01/11
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
बिराटनगर महानगरपालिकाको आयोजनामा गत चैत्र २२ गते देखि २६ गते सम्म आयोजित मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत बिजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडीहरुलाइ एक कार्यक्रमबीच राजबिराज नगरपालिकाले सम्मान गरेको छ ।
आईतवार सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवद्धारा टोलिका १८ जना खेलाडि तथा अफिसियललाई जनहि १५ हजार बरावरको क्रिकेट सामाग्रि हस्तान्त्रण गरिएको छ । जस अन्र्तगत जनहि खेलाडिलाई क्रिकेट ब्याट, प्याड, ब्याटिंग ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामाग्रि बितरण रहेकोे छ ।
प्रतियोगितामा प्रदेश नं. १ का बिराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिकाको सहभागिता रहेको थियो भने मधेश प्रदेशका बिरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा राजबिराज नगरपालिकाको सहभागि रहेको थिए । प्रतियोगिता अन्र्तगत फाईनलमा राजबिराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि संगै राजबिराज नगरपालिकाको टोलिले १ लाख १ हजार समेत प्राप्त गरेका थिए ।
कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, राजबिराज नगरपालिकाका लेखा प्रमुख शत्रुघन दास, लेखापाल जयराम यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, पशुपंक्षि बिकास शाखाका प्रमेश्वर यादव, सुचना अधिकृत सुरेश यादव, अन्तराष्ट्रिय खेलाडिद्धय महवुव आलम तथा बिवेक यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका भगवति बिकले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ