News Category 2079/01/17

अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 

दैनिक समाचारदाता

अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
    अगामी ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका एक उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिएको छ । 
    उम्मेदवारी फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट अलग भई स्वतन्त्र उम्मेदवारी दिएका मोहमद डोमन छन् । उनले आफुले सकारात्मक रुपले राखेको मोह माया र प्रतिष्ठा र पार्टीमा रहेका सम्पुर्ण साथीहरुसँग भावनात्मक उच्चबिचार रहेकाले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । 
    उनले पार्टीको सम्पुर्ण पदका अधिकारीक उम्मेदवारको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता संचारकर्मी समक्ष ब्यक्त गरेका छन । 
    नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेशका सदस्य महेश प्रसाद यादवले अध्यक्ष पदमा स्वतन्त्रबाट मोहमद डोमनले दिएको उम्मेदवारी शुक्रवार फिर्ता लिएकोमा धन्यवाद व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस