News Category 2079/03/14
गुडिरहेको ट्रकमा आगलागी
दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सप्तरीमा गुडिरहेको एक ट्रकमा सोमबार राती आगलागी भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह–कोशी ब्यारेज सडक खण्डमा सोमवार मध्यराती ना.६.ख.५२६३ नम्बर ट्रकमा आगलागी भएको हो ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त ट्रकमा राती १२ बजे तीर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले ट्रकको अग्रभाग पुर्णरुपमा क्षतीग्रस्त भएको छ ।
आगलागी भएको खबर पाए लगतै सशस्त्र प्रहरी वेशक्याम्प भारदहबाट प्रहरी निरिक्षक किसमान तामाङ्गको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगले आगो माथी नियन्त्रण कायम गरिएको थियो ।
अनुसन्धानको क्रममा ट्रकको इन्जिनमा रहेको वायरिङ्ग सर्ट भई उक्त आगलागी भएको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ