News Category 2079/04/15
जनज्योतीद्वारा शेयर सदस्यका लागि उपचारमा राहत कोषको सुरुवात
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
जनज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठले आफ्ना शेयर सदस्यहरुका लागि उपचारमा राहत कोषको सुरुवात गरेको छ ।
एक दशकदेखी समयअनुकुल आफ्ना ग्राहकहरुका लागि संस्थाले विभिन्न नयाँ नयाँ योजना ल्याएर लाभान्वित गर्दै आएको छ ।
यसै क्रममा संस्थाले शेयर सदस्यहरुका लागि उपचारमा राहत दिने उद्देश्यले सुरक्षण कोषको सुरुवात गरेको हो । सोही कोषबाट संस्थाले आइतबार शेयर सदस्य बिजय कुमार गुप्तालाई आँखा उपचारमा लागेको खर्च मध्ये राहत स्वरूप पाँच हजार नगद सहयोग गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिएका छन् । उनले हालसम्म सुरक्षण कोषबाट १० जना शेयर सदस्यहरु लाभान्वित भएको जानकारी समेत दिए ।
संस्थाले हाललाई शेयर सदस्यहरुकालागि दुर्घटना बिमा समेत लागु गरेको छ । अध्यक्ष मण्डलका अनुसार कुनै पनि शेयर सदस्य दुर्घटनामा परे संस्थाले २५ हजारसम्मको दुर्घटना बिमा बेहोर्ने तथा दुर्घटनामा मृत्यु भएको खण्डमा एक लाख शेयर सदस्यका परिवारजनलाई प्रदान गर्ने बताए ।
संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सदस्य समृद्धि योजना, सबल किसान योजना, बाल बचत योजना, एम्बुलेन्स सेवा लगायतका कार्यहरु संचालन गर्दै आएको छ । यसअघि संस्थाले आजको रिक्सा चालक भोलीको मालिक भन्ने कार्यक्रम संचालन गरेपछि जिल्लाका अधिकांश रिक्सा चालकहरु मालिक बनेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ