News Category 2079/04/17
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती

“पढाईमा अब्बल रहेका छोरा चिकित्सा शास्त्र पढ्न नागरिकता नभएकै कारण बञ्चित भएपछि अन्तमा आत्महत्या गर्नुपरेको दृश्यले नाटक हेर्न आएका दर्शकहरुको आँखा रसाएका थिए ।”
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
तीन पुस्ता सुकुम्वासी भएर मधेशमै बिताइसकेका व्यक्तिको नागरिकता नहुँदा उनीहरुको बालबच्चाहरु उच्च शिक्षा हासिल गर्न तथा जागिर पाउनबाट बञ्चित हुनुपरेको बास्तविक पीडालाई नाटकमार्फत प्रस्तुत गरिएको छ ।
निकै भाभुक तथा सन्देशमूलक नाटकमा एक सुकुम्वासी परिवार विगत तीन पुस्तादेखी मधेशमै नागरिकता बिना बसोवास गरिरहेको तथा छोरा नागरिकता नभएका कारण उच्च शिक्षा हासिल गर्न र छोरी जागिर पाउनबाट बञ्चित भएको दृश्य निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । पढाईमा अब्बल रहेका छोरा चिकित्सा शास्त्र पढ्न नागरिकता नभएकै कारण बञ्चित भएपछि अन्तमा आत्महत्या गर्नुपरेको दृश्यले नाटक हेर्न आएका दर्शकहरुको आँखा रसाएका थिए ।
नागरिकता नहुँदा शिक्षण संस्थामा भर्ना लिन, बैंकमा खाता खोल्न, जग्गाजमिन खरीद गर्न, मोबाइलको सिमकार्ड लिन, जागिरका लागि आवेदन दिन, जन्म दर्ता, विवहा दर्ता गराउन, सामाजिक सुरक्षा भत्ता लिन लगायतका विभिन्न समस्याले छटपटाइरहेका नागरिकता विहीनको पीडा बढो मार्मिक ढंगले अभिनयमार्फत प्रस्तुत गरिएको छ ।
“ढकियामे नागरिकता” नामक नाटकले दशकौंदेखी अल्झिएको नागरिकता समस्यालाई निकै मार्मिक ढंगले तराई मधेशमा ढकियामै राखेर नागरिकता तरकारी जस्तै खरीद बिक्रि हुन्छ भन्ने प्रचारबाजीलाई चोटिलो प्रहार समेत गरेको छ ।
स्थानिय जिल्ला समन्वय समितिको सभाकक्षमा मंगलबार सरिता फाउन्डेशन र आसमान नेपालद्वारा संयुक्त रुपमा आयोजना गरिएको सो नाटकका कलाकारहरुले कला प्रस्तुतीमार्फत त्यस्ता प्रचारबाजीमाथी चोटिलो प्रहार गरेका हुन् ।
उनीहरुले नागरिकताको विषयमा भोटको राजनीति गर्ने नेता र नागरिकता बनाउने टोलीमा गाउँ गाउँमा खटिने कर्मचारीले सोझासाँझा जनतासँग गर्ने व्यबहारप्रति पनि नाट्यकला मार्फत प्रहार गरेका छन् ।
झण्डै एक घण्टाको नाटकमा नाट्यकर्मी सरिता साह, अनिल कुर्मी, राजशर्मा पंगेनी, सुजिता साह, रमिता यादव, सोमनाथ खनाल, सुदिपजंग कार्की, संजय मुढीयारी, रोहित साह, कृष्णकुमार महतो, हाङ–ओ–हाङ राई, सरस्वती अधिकारी र सुदिप पटेलले मनछुने अभिनय गरेका थिए ।
तराई मधेशमा ढक्कीमै राखेर नागरिकता बिक्रि बितरण हुन्छ भन्ने सोचलाई चिर्दै बास्तविकता अर्कै रहेको र ढकीया रित्तै रहेको देखाउने प्रयासस्वरुप उक्त नाटक प्रदर्शन गरिएको नाटकका लेखक एवं निर्देशक समेत रहेकी सरिता साहले बताइन् । गलत प्रचारबाजी र तराई मधेशमा नागरिकता नपाउँदा देखिएको दयनिय र भयावह अवस्था बारे सरोकारवालाको ध्यानाकर्षण गराउन र सोच परिवर्तन गर्न यस्तो सन्देशमूलक नाटक प्रदर्शनमा ल्याएको उनको भनाई छ ।
हाल नागरिकता संशोधन सम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको अवस्था छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै उक्त विधेयक कानुनको रुपमा लागु हुने र आफूहरुले नाटक मञ्चनमार्फत उठाएका पीडाहरुको धेरै हदसम्म सम्बोधन हुने आयोजक संस्थाको विश्वास छ ।
राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि जन्मसिद्धका सन्तानले बंशजको नागरिकता लिने बाटो खुल्ने छ भने नेपाली नागरिकसित विवाह गर्ने विदेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता लिन पनि कुनै कठिनाई नहुने कार्यक्रममा सहभागिहरुको भनाई छ ।
दलित सरोकार मञ्च सप्तरीको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा तयार गरिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक बिजयकुमार यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ