News Category 2079/05/02
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
राजविराज नगरपालिका ९ मलेठमा २०५८ सालमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म विरामी उपचारका लागी आउने गरेका छन् । ती विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक रहने गरेको केन्द्रले जनाएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा पुर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको हो ।
केन्द्रबाट सन् २०२१ जनवरी देखी २०२१ डिसेम्बर सम्मको एक वर्षको अवधीमा २४ हजार ८१ जनाले उपचार सेवा प्राप्त गरेका छन् । जसमध्ये १ हजार २ सय ३ जना मोतियाबिन्दुका विरामीको सफल शल्यक्रिया गरिएको केन्द्रको तथ्याङ्कले देखाएको छ । सोही अवधीमा उपचार सेवा लिएका २४ हजा ८१ जना मध्ये ४ हजार १ सय ३ जना भारतीय नागरिक छन् ।

यस्तै सन् २०२२ जनवरीदेखी हालसम्मको ८ महिनाको अवधीमा एक हजार २ सय २ जना आँखाका बिरामीले उपचार सेवा पाएका छन् । जसमध्ये ३ सय ६ जना भारतीय नागरिक छन् ।
सुरु सुरुमा आँखाको समान्य उपचार गरिने र जटिल प्रकृतिको रोगीलाई लहान स्थित चौधरी आँखा अस्पताल लगी उपचार गरिने गरिएकोमा हाल ३० शैयाको अस्पतालको रुपमा विकास गरी विशेषज्ञ चिकित्सकको टोलीद्वारा मोतिया बिन्दुको शल्यक्रिया समेतको सेवा विस्तार गरिएपछि उपचारका लागी आउने विरामीको घुँइचो लाग्ने गरेको केन्द्रका प्रमुख एवं नेत्र अधिकृत डा.रामकुमार झा बताउँछन ।
आँखा सम्बन्धि विभिन्न रोगका दैनिक उपचार सेवा प्रदान गर्दै आएको केन्द्रले साताको १ दिन अतिन्युन शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । केन्द्रका प्रमुख डा.झाले २ हजार ५ सय रुपैया मै मोतियाबिन्दुको शल्यक्रिया गरिदै आएको र सो शुल्क नेपालको अन्य आँखा अस्पतालको शूल्क भन्दा सबै भन्दा कम रहेको दाबी गरे । चौधरी आँखा अस्पताल लहानबाट आउने विशेषज्ञ सहितको चिकित्सक टोलीले शल्यक्रिया उपचार सेवा प्रदान गर्ने गरेको उनको भनाई छ ।
यसक्रमा अघिल्लो महिना मात्र विद्यालय र मदरसामा पुगी १ हजार भन्दा बढी बालबालिकाको निःशुल्क आँखा उपचार तथा करिब ३ सय बालबालिकालाई औषधी संगै चश्मा समेत निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
यस्तै राजविराज नगरपालिकाको सबै १६ वटै वडाका स्वास्थ्य चौकीका २÷२ जना स्वास्थ्यकर्मीलाई चौधरी आँखा अस्पतालका विशेषज्ञहरुबाट पिक भिजन सम्बन्धि तालिम प्रदान गरिएको र यसबाट आ–आफ्ना वडामा समेत आखाँ सम्बन्धि रोगको प्रारम्भीक उपचार र सल्लाह प्राप्त हुने उनको भनाई छ ।
उनले हाल केन्द्रमा १ जना नेत्र अधिकृत, १ जना नेत्र सहायक अधिकृत तथा चौकिदार र सरसफाईकर्मी सहित ११ जना कर्मचारी कार्यरत रहेको बताए । स्थानीयले भने नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आउने गरेकाले केन्द्रको स्तरोन्नती गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ