News Category 2079/06/01
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित पकरी र सोनरा विद्यालय भवन निर्माणका क्रममा छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको छ ।
उपभोक्ता समिति, प्राविधिक र निर्माण कार्यको ठेक्का लिएको ठेक्केदार समेतको मिलोमतोमा भवनको छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको हो ।
स्थानीय रमेश यादवका अनुसार भवनको उद्घाटन गत भदौ ४ गते मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेको दिन छत हेर्न गएपछि आश्चर्य मानेका थिए ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रि साहले आर्थिक बर्ष २०७८÷७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यका लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिबाट २० प्रतिशत पिसी लिएर बजेट विनियोजन गरेको स्थानियको उपभोक्ताको आरोप छन ।
भवन निर्माण गर्न छतको प्लाष्टर र सिढी नबनाईएको कारण भवनको संरचनानै बिग्रेका छन् । यादवले भवनको निर्माण कार्यका जिम्मेवारी लिएकाहरुले पहिलो चरणमा नै संरचना बिगारेकोले अब थप चरणमा हुने गुणस्तर कार्यको लागि चुनौति रहेको बताए । उनले यस्तो कार्य गर्नेहरुमाथि सम्बन्धीत निकायहरुले छानविन गरी दोषिहरुलाई कानुनी कारवाही गर्न माग गरे ।
भवनको निर्माण कार्यको लागि गठन उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादवलाई स्थानिय गाउँ, समाजका जानकारहरुले सुझाव सल्लाह दिदा उल्टै अध्यक्ष यादवले झपार दिने गरेको स्थानीयको आरोप छ । भवन निर्माणका क्रममा ईन्जिनियर एक दिन पनि हेर्न नआएको स्थानीयको आरोप छ ।
पकरी मा.वि. विधालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव थिए भने सोनरा राप्राविमा भुवनेशवर मण्डल थिए । प्राविधिकले तयार गरेको स्टिमेट अनुसार दुवै विधालय भवनको निर्माण कार्य उपभोक्ता समितिले नगरेको महेन्द्र यादवले आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ