News Category 2079/06/03
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिला आफु झन असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी सोमबार संचारकर्मी समक्ष आग्रह गरेकी छिन ।
सो नगरपालिका ३ की ४० वर्षिया घुरनी देवी रामले राजविराजमा पत्रकार सम्मेलन गर्दै पतिको हत्या र नाबालिक छोरीको सामुहिक बलात्कारमा संलग्न आरोपीहरु एकपछी अर्काे गरी धरौटीमा रिहा हुन थालेपछी आफू झन असुरक्षित भएको भन्दै सो आग्रह गरेकी हुन् ।
आयोजित पत्रकार सम्मेलनमा घुरनीले आफ्नो १४ वर्षिया छोरीको २०७५ सालमा छिमेकी कै केही युवाहरुले बलात्कार गरेको बताउँदै उक्त घटनाको २ वर्षपछि पति त्रिभुवनको हत्या भएको बताइन् ।
बलात्कार घटनाको दुई वर्षपछी २०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो ।
बलात्कारको घटनालाई मिलाउन गाउस्तरबाट निकै दबाब परे पनि छोरीको बलात्कारमा संलग्नहरुमाथी कडा कारवाही हुनु पर्ने अडान लिएकै कारण त्रिभुवनको हत्या भएको अनुसन्धानको क्रममा खुलेको थियो ।
किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सोही वडाका बबी चौधरी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागी अहिले पनि कारागारमा छन् । उनी संगै पक्राउ परेका अन्य चार जना भने केही दिन अघि धरौटीमा रिहा भएका छन् । यस्तै पीडित किशोरीका पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही वडाका प्रभु साह, शम्भु साह, पंकज चौधरी र सुरेन्द्र पाल पनि पुर्पक्षका लागी राजविराज कारागारमा छन् ।
यसरी कारागारामा रहेकाहरुको आफन्त तथा धरौटीमा रिहा भएकाहरबाट आफुलाइ पनि ज्यान मार्ने धम्की आउन थालेपछी आफु असुरक्षित भएको घुरनी देवीको भनाइ छ । उनले मुद्दा फिर्ता लिन र गाउँ मै कुरा मिलाउन दवाव बद्दै गएकोले न्यायका लागि संचारकर्मी समक्ष आइपुगेको बताइन् ।
पत्रकार सम्मेलनमा उनका छिमेकी जयप्रसाद रामले यसबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ