News Category 2079/06/03
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिला आफु झन असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी सोमबार संचारकर्मी समक्ष आग्रह गरेकी छिन ।
सो नगरपालिका ३ की ४० वर्षिया घुरनी देवी रामले राजविराजमा पत्रकार सम्मेलन गर्दै पतिको हत्या र नाबालिक छोरीको सामुहिक बलात्कारमा संलग्न आरोपीहरु एकपछी अर्काे गरी धरौटीमा रिहा हुन थालेपछी आफू झन असुरक्षित भएको भन्दै सो आग्रह गरेकी हुन् ।
आयोजित पत्रकार सम्मेलनमा घुरनीले आफ्नो १४ वर्षिया छोरीको २०७५ सालमा छिमेकी कै केही युवाहरुले बलात्कार गरेको बताउँदै उक्त घटनाको २ वर्षपछि पति त्रिभुवनको हत्या भएको बताइन् ।
बलात्कार घटनाको दुई वर्षपछी २०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो ।
बलात्कारको घटनालाई मिलाउन गाउस्तरबाट निकै दबाब परे पनि छोरीको बलात्कारमा संलग्नहरुमाथी कडा कारवाही हुनु पर्ने अडान लिएकै कारण त्रिभुवनको हत्या भएको अनुसन्धानको क्रममा खुलेको थियो ।
किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सोही वडाका बबी चौधरी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागी अहिले पनि कारागारमा छन् । उनी संगै पक्राउ परेका अन्य चार जना भने केही दिन अघि धरौटीमा रिहा भएका छन् । यस्तै पीडित किशोरीका पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही वडाका प्रभु साह, शम्भु साह, पंकज चौधरी र सुरेन्द्र पाल पनि पुर्पक्षका लागी राजविराज कारागारमा छन् ।
यसरी कारागारामा रहेकाहरुको आफन्त तथा धरौटीमा रिहा भएकाहरबाट आफुलाइ पनि ज्यान मार्ने धम्की आउन थालेपछी आफु असुरक्षित भएको घुरनी देवीको भनाइ छ । उनले मुद्दा फिर्ता लिन र गाउँ मै कुरा मिलाउन दवाव बद्दै गएकोले न्यायका लागि संचारकर्मी समक्ष आइपुगेको बताइन् ।
पत्रकार सम्मेलनमा उनका छिमेकी जयप्रसाद रामले यसबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ