News Category 2079/08/02
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरीका ४ लाख १८ हजार ३ सय ७४ मतदाताले मंसिर ४ गते भोली (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान गर्दैछन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरि ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेका छन् ।
निार्वचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जिल्लाका १८ वटै स्थानिय तह मध्ये सबै भन्दा बढी राजविराज नगरपालिकामा २१ हजार ६ सय ८० पुरुष, १९ हजार ४ महिला र २ अन्य गरि ४० हजार ६ सय ८६ तथा सबै भन्दा कम बलान बिहुल गाउँपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ६ हजार ८ सय ९ महिला गरि १४ हजार ४ सय ९८ मतदाता रहेको जानकारी दिएका छन् ।
यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ९ हजार ३ सय ३५ पुरुष, ९ हजार ५ सय ५२ महिला र ४ अन्य गरि १८ हजार ८ सय ९१, कंचनरुप नगरपालिकामा १८ हजार २ सय ९४ पुरुष, १७ हजार ८ सय ३६ महिला र ४ अन्य गरि ३६ हजार १ सय ३४, खडक नगरपालिकामा १५ हजार ८ सय ३६ पुरुष, १६ हजार १ सय ५७ महिला र ४ अन्य गरि ३१ हजार ९ सय ९७, छिन्नमस्ता गाउँपालिकामा ९ हजार ६ सय ८५ पुरुष, ८ हजार २ सय ३३ महिला गरि १७ हजार ९ सय १८, डाक्नेश्वरी नगरपालिकामा १५ हजार १ सय ८९ पुरुष, १३ हजार ५ सय २८ महिला गरि २८ हजार ७ सय १७ तथा तिरहुत गाउँपालिकामा ७ हजार ७ सय ९७ पुरुष, ६ हजार ९ सय ७४ महिला गरि १४ हजार ७ सय ७१ मतदाता रहेका छन् ।
यसैगरि जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार ६ सय ४३ पुरुष, ९ हजार १ सय २५ महिला गरि १९ हजार ७ सय ६८, बोदेबरसाइन नगरपालिकामा १४ हजार ९ सय ५३ पुरुष, १३ हजार ७ सय ५२ महिला गरि २८ हजार ७ सय ५, महादेवा गाउँपालिकामा ९ हजार २९ पुरुष, ७ हजार ९ सय ९३ महिला गरि १७ हजार २२, राजगढ गाउँपालिकामा ९ हजार ९ सय ६४ पुरुष, ८ हजार ६ सय ६४ महिला गरि १८ हजार ६ सय २८, रुपनी गाउँपालिकामा ९ हजार ५ सय ७७ पुरुष, ८ हजार ७ सय ९ महिला र एक अन्य गरि १८ हजार २ सय ८७, विष्णुपुर गाउँपालिकामा ८ हजार १ सय २० पुरुष, ७ हजार २७ महिला र एक अन्य गरि १५ हजार १ सय ४८ मतदाता रहेको जनाइएको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिकामा ११ हजार ९ सय ८६ पुरुष, १२ हजार १ सय २२ महिला र ४ अन्य गरि २४ हजार १ सय १२, सप्तकोशी नगरपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ७ हजार ७ सय ६५ महिला गरि १५ हजार ४ सय ५४, सुरुङ्गा नगरपालिकामा १४ हजार ७ सय २ पुरुष, १४ हजार ९ सय ९० महिला र एक अन्य गरि २९ हजार ६ सय ९३ र हनुमाननगर कंकालिनी नगरपालिकामा १५ हजार १ सय १४ पुरुष, १२ हजार ८ सय ३१ महिला गरि २७ हजार ९ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ