News Category 2079/08/06
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
सप्तरीबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीका दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (१) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका हुन् ।
सिंहले १६ हजार ७ सय ३४ मतका साथ निर्वाचित भएका हुन् । उनले नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई ८ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका हुन् । मन्त्री साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे ।
त्यस्तै, सतरुढ गठबन्धनका तर्फबाट उम्मेदबार बनेका लोसपाका सरोज मण्डलले ६ हजार १ सय ३२ मत प्राप्त गरे ।
यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा (२) बाट जनमत पार्टीकै उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् । यादवले १३ हजार ३२५ मतका साथ निर्वाचित भएका हुन् ।
उनी आफ्ना निकटम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवं पूर्व सिंचाई मन्त्री उमेश यादवसँग ६ हजार ३ सय २ मतान्तरले बिजयी भए । उमेश यादवले ७ हजार २३ मत प्राप्त गरे ।
त्यस्तै, नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदबार बनेका जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६२१ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ