News Category 2079/08/21
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत प्रतिनिधिसभातर्फ जनमत पार्टी र जसपाले ५÷५ सीट पाएको छ । यस्तै मधेश प्रदेशसमा पनि जनमत र जसपाले समानुपातिकतर्फ ७÷७ सीट पाएको छ ।
निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सीट, नेपाली काँग्रेसले ३२ सीट, माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ सीट पाएको विज्ञप्तिमा उल्लेख छ । योसँगै राष्ट्रिय पार्टीको मान्यता पाउने दलको संख्या ७ रहेको छ ।
यसैगरि मेधश प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले ९ सीट, नेकपा एमालेले ८ सीट, माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपा २ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले १÷१ सीट पाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ