News Category 2079/09/23
राजविराज कारागार समस्यै समस्याले ग्रसित, विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
राजविराज÷मुलुककै पुराना कारागार मध्ये एक राजविराज कारागार विगत लामो समयदेखी विभिन्न समस्याले ग्रसित बन्दै आएको छ । क्षमता भन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी रहेको यस कारागार समस्यै समस्याले ग्रसित बनेको हो ।
क्षमता भन्दा तीन गुणा भन्दा बढी कैदीबन्दी रहनुका साथै कारागारको जग्गा समेत अतिक्रमणमा परेको छ । कुल २ विघा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विघा जग्गा अतिक्रमणकै चपेटामा छ । हाल १ विघा १३ धुर जग्गा मात्र कारागारको संचालन र गतिविधिमा समेटिएको छ ।
यति मात्र नभएर कारागारमा १ सय ५५ जनाको क्षमता भएपनि हाल ३ सय ७७ जना कैदीबन्दी कोचिएर राखिएका छन् । एकातिर जीर्ण भवन अर्कोतिर क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्दा जोखिमसँगै निगरानी गर्न पनि समस्या भएको कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् ।
हाल कारागारमा दरबन्दी अनुसारको सुरक्षाकर्मीको अभाव पनि देखिएको छ । सुरक्षाकर्मीहरुको बास बस्ने आवास समेत जीर्ण अवस्थामा रहेको छ । उनीहरु बास बस्ने कोठामा पर्याप्त ठाउँको अभावका साथै भौतिक सरसमानको समेत अभाव देखिएको छ ।
राणाकालमै २००८ सालमा निर्माण भएको कारागार सरकारी उपेक्षाका कारण जीर्ण र अतिक्रमणको चपेटामा परेको कारागारका कर्मचारीहरु बताउँछन् । कारागारको भवन तथा भित्ताहरुको अवस्था हेर्दा कुन बेला भवन नै ढल्ने हो वा कुन बेला भित्ता फोडेर कैदी भाग्ने हुन भन्ने चिन्ताले निद्रा हराउने गरेको कारागारका कर्मचारी र सुरक्षाकर्मीहरुको गुनासो छ ।
यता कारागारमा विद्युत सप्लाई बन्द भएपछि टर्चको सहयोगमा लाइट बालेर निगरानी गर्नु पर्ने बाध्यता रहेको त्यहा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् । कारागारमा इन्भरटर र जेनेरेटरको बैकल्पिक ब्यवस्था समेत छैन् ।
क्षमता भन्दा तेब्बर कैदीबन्दी भएपछि ठाउँ अभावका कारण पुसको चिसोमा पनि कतिपय कैदीबन्दीलाई टिनको छाना लगाएर भुँइमै न्यानो कपडा राखी सुत्ने व्यवस्था मिलाइएको छ । जेलर किशोर रामले ठाउँ अभाव भएपछि केही कैदीबन्दीलाई यसरी अस्थायी रुपमा राखिएको तथा व्यवस्थित ढंगले राख्न आवश्यक पहल थालेको बताए ।
कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी भएपछि शौच गर्नेदेखि खाना पकाउन पनि लाइन लाग्नु पर्ने अवस्था रहेको र यी समस्या बारे अनुगमनका क्रममा विभिन्न समयमा आउँने टोलीलाई जानकारी गराउने गरेपनि आश्वासन बाहेक केही नपाएको कैदी गोपी साहले सुनाए ।
कारागारमा पारालाइसिस रोगले पीडित ६ जना जेष्ठ नागरिक कैदीबन्दी समेत छन् । ७५ वर्षिय मो. नसरुल, गोपी साह, ७७ वर्षिय कारी सदा, जुगेश्वर सरदार, ७८ वर्षिय फागु मण्डल र ७९ वर्षिय रामेश्वर यादव पारालाइसिस रोगले ग्रस्त रहेका छन् ।
उनीहरुलाई चिसोबाट जोगाउन र व्यवस्थापन गर्न समस्या भएपनि उपलब्ध श्रोत साधनले हरसम्भव सहयोग गरिरहेको जेलर रामले बताए । उनले कारागारमा बन्दी जीवन बिताइरहेकाहरुलाई आयआर्जनको श्रोत जुटाउन मुढा बनाउने शिपमुलक तालिम समेत संचालन गरिएको जानकारी दिए ।
यसैबीच कारागारको अवस्था बुझ्न शनिवार जनमत पार्टीका नेताहरु पुग्दा त्यहाँको बेहाल देखेर आफुहरु चकित परेको प्रतिक्रिया दिएका छन् । सप्तरीको प्रदेश सभा २ को २ बाट निर्वाचित एवम् मधेश प्रदेशको जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका महेश प्रसाद यादवले राजविराज कारागारको सुधारका लागि केन्द्रदेखि प्रदेश सरकार समेतले ध्यान दिनुपर्ने भन्दै यसका लागि आफुले पनि सक्दो पहल गर्ने बताए ।
जनमत पार्टीबाटै सप्तरीको प्रदेश सभा २ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य सतिश सिंहले कारागारमा जग्गा अतिक्रमण लगायत अन्य विभिन्न समस्याहरु आफुले जानकारी पाएको बताउँदै कैदीबन्दीहरुले भोग्नु परिरहेको समस्या तत्कालै समाधान हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ