News Category 2079/10/06
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको तिरहुत गाउँपालिकामा शुक्रबार दिउँसो आगलागि हुँदा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सो गाउँपालिका वडा नं. ४ डिमन टोल निवासी गुगली भनिने हरेराम यादवको गाईगोठ छेउमा राखेको खरानीको डिस्कोबाट सल्केको आगोले छिमेकी तेज नारायण यादव र ओम नारायण यादवको घर समेत जल्दा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगोमा हरेराम यादवको गाईगोठ भित्र रहेका एक बाख्रा, २ खसी, दुई भैंसीको पारी जलेर मरेको रतथा एउटा भैंसी आगोले जलेर घाइते हुँदा एक लाख ५० बराबरको क्षति भएको छ ।
त्यस्तै छिमेकी तेज नारायण यादवको जस्ताको छानो भएको घरमा आगलागि हुँदा खाद्यान्न, फर्निचर, मोबाइल, टिभि, गरगहना तथा अन्य सामानहरु जलेर नष्ट हुँदा चार लाख मुल्य बराबरको तथा ओमनारायण यादवको घरमा रहेको ५४ हजार नगद, खाद्यान्न, भाडावर्तन, लुगाफाटा, फर्निचर लगायत आगोमा जलेर नष्ट हुँदा चार लाख मुल्य बराबरको क्षति भएको छ ।
झण्डै दुई घण्टाको प्रयास पछि कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ