News Category 2079/10/10
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
बालविवाहलाई निरुत्साहित गर्न सप्तरीको एक पालिकाको एक वडा कार्यालयले विवाहमा बाँडिने निम्तो कार्डमा बेहुला र वेहुलीको जन्म दर्ता अनिवार्य रुपमा उल्लेख गरि वडा कार्यालयबाट स्वीकृत लिनु पर्ने नियम बनाएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ को कार्यालयले यस्तो नियम बनाउँदै एक सूचना मार्फत सार्वजनिक गरेको हो ।
वडा अध्यक्ष शिवनारायण चौधरीले एक सूचना नै प्रकाशित गरी यसको वर्खिलाप जानेलाई स्थानीय सरकार संचालन ऐन तथा वडा कार्यालयको नियम अनुसार कारवाही गरिने स्पस्ट पनि पारेका छन् ।
उनले वडा भित्र जन्मिने प्रत्येक शिशुको जन्म दर्ता वडा कार्यालयमा अनिर्वाय गरिएको तथा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाउने अनिवार्य व्यवस्थाको कडाईका साथ पालना गर्न÷गराउन अनुगमन समेत गरिने जानकारी दिए ।
विवाहको निम्तो कार्डमा वेहुला, वेहुली दुबैको जन्म मिति अनिर्वाय रुपमा उल्लेख गर्नु पर्ने नियम बारे जानकारीका लागी वडाका घर÷घरमा सूचना पु¥याईसकेको वताएका उनले सो विपरीत जानेलाई आवश्यक कारवाहीका साथै वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा सुविधामा अंकुश लगाउने तयारी रहेको बताए ।
उनले तोकिएको उमेर नपुगेका युवा युवतीको विहे गराउने र बालविवाहलाई प्रोत्साहन गर्ने जन्तिदेखि विवाह कार्यक्रममा संलग्न पण्डित, पुरोहितलाई समेत कानुनी प्रकृया अन्तर्गत कारवाहीमा लैजाने निर्णय भएको जानकारी दिएका छन् ।
दुई महिना अघि मात्र एक कार्यक्रमबीच सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगर नगरपालिका घोषणा गरिएको थियो । यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन तथा बालविवाहलाई निर्मुल पार्न वडा कार्यालयबाट यस्तो निर्णय गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन् ।
बालविवाह, दाईजो, लागु औषध दुव्र्यसनी लगायतका विकृती, विसंगती रोक्न तथा स्थानीयको जनचेतनामा बृद्धि गर्ने लक्ष्यका साथ विभिन्न सचेतनामूलक अभियान चलाइएको सो वडा कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ